सडक निर्माण सुस्तगतिमा, यात्रु मर्कामा

दाङ / तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् । आफूहरुले सडक मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा गुनासो गर्दासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । स...

बाढीको डरले पालैपालो सुत्छन् राप्ती किनारका बासिन्दा

बाँके / जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कति बेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राति सुत्दा पालोअनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो । राप्ती सोनारी गाउँपालिका–६ का स्थानीयवासी रामचरण थारू भन्नुहुन्छ...

झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

बाँके / झोलुङ्गे पुल नहुँदा पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ । हिउँदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्रावासी आउँछन् । गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् । तर नाम्रावासीका लागि वर्षायाममा त्यो यातायात सेवा भने आकाशको फलजस्तै बन्छ, भेरी ...

राप्ती अस्पताल निमित्त प्रमुखका भरमा

दाङ, २३ साउन (रासस) ः दश वर्षअघि यस क्षेत्रका नागरिकको जनसहभागितामा निर्मित तुलसीपुरको ‘राप्ती अञ्चल अस्पताल’ डेढ वर्षदेखि निमित्त प्रमुखका भरमा चलिरहेको छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट नहुँदा अस्पतालको सेवा प्रवाहमा असहजता आएको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पताल सिफारिश केन...

भालुवाङमा प्रहरी भवन निर्माण

तुलसीपुर / दाङको भालुवाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको छ । बेलायती सहयोग नियोग (डिएफआइडी)को रु दुई करोड ७८ लाख ४९ हजार सहयोगमा उक्त भवन निर्माण भएको हो । सो भवनको प्रदेश नं ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले मंगलबार उद्घाटन गर्नुभयो । उक्त भवनमा अपराध अनुसन्धान शाखा, सञ्चार, प्रशासन, बैठक, अतिथि तथा र...

राप्ती अस्पतालमा चिकित्सक अभाव

दाङ / दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन् । “अस्पताल छ, डाक्टर छैनन्,” स्वास्थ्य...

करेन्ट लागेर मृत्यु

तुलसीपुर / दाङ दंगीशरण गाउँपालिका–७ बागरका ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको छ । घरमा पानी तान्ने मोटर जोड्ने क्रममा आज दिँउसो करेन्ट लागेर गम्भीर घाइते भएकी पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । Purbeli TV ...

धानबालीमा ब्लाष्ट र गबारोको संक्रमण

तुलसीपुर / यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट ९मरुवा० रोग र गबारोको संक्रमण देखापरेकोे छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् । कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन । अहिले आएर गबारो र ब्लाष्टको संक्रमणले धानबाली सखाप पार्न थाल्यो भन्द...

नगर प्रमुखको पारिश्रमिकबाट छात्रवृत्ति वितरण

बुटवल / रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिक आउने रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका रुपमा वितरण गर्नुभएको छ । उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जनालाई एक वर्षको पारिश्रमिकस्वरुप प्राप्त गर्नुभएको रु तीन लाख ८५ हजार नगरप्रमुख छात्रवृत्ति कोष–२०७५ मार्फत वितरण गर्नुभएको छ । यो छात्रवृत्...

गैँडाकोटमा मलेरियाको संक्रमण

नवलपरासी / पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता०पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ । विभिन्न ...