सम्पादक गहिरेलाई पितृशोक

पाल्पा टाइम्स साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, प्रेस युनियनका पूर्व केन्द्रीय सचिव झपेन्द्र गहिरेलाई पितृशोक परेको छ । नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव समेत रहनुभएका गहिरेका बुबा पूर्णानन्द गहिरेको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका गहिरेको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा...

बसले किच्दा एक पैदल यात्रुको मृत्यु

तुलसीपुर, दाङ / ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । तुलसीपुरइलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे । उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।...

छोरी जन्मे वार्षिक रु १० हजार भत्ता

कलैया / प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक ह...

जंगली च्याउ खाँदा ६ जना बिरामी

दाङ / यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ । डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आइतबार बेलुका च्याउ खाएलग...

तुलसीपुरको बजेट पारित

तुलसीपुर, दाङ / तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेट पारित भएको छ । उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो नगरसभाको बैठकमा प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत पारित भएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसँगै बजेट पारित भएको हो । नगरसभाले आगामी आवक...

हुलाकी सडकखण्ड निर्माणमा लापरबाहीप्रति स्थानीयको आक्रोश

गुलरिया, बर्दिया / गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । पप्पु कम्पनीले पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाटको पुल चर्को विरोधका बीच रु १६ करोड लागतमा निर्माण गरेको जब्दी घाटको पुल एक वर्ष पनि टिकेन । जब्दीघाटको ...

रूखबाट खसेर महिलाको मृत्यु

सल्यान / सल्यानमा घाँस काट्ने क्रममा रूखबाट खसेर एक महिलाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–६, रानागाउँ निवासी ६५ वर्षीया भगवती अधिकारी आज गाईवस्तुका लागि घाँस काट्ने क्रममा घर नजिकैको रूखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि अञ्चल अस्पताल तुल्सीपुरमा लगिएको थियो । उपचारका क्रममा उहाँकोे मृत्यु भएको...

पत्रकार चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

काठमाडौ / नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गदै रुपन्देहीस्थित सम्मवरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ । यही ...

मजदूरका शव जिल्ला अस्पतालमा

लिबाङ, रोल्पा / मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ । जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ गाउँपालिकाका सात र सुनछहरी गाउँपालिकाका दुई जना छन् । दुर...

राप्ती न्यायिक समितिमा २२ विवाद दर्ता

तुलसीपुर दाङ / राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् । गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र तीन वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधानका लागि पठाइएको छ । अन्य विवाद छलफलका...