बडि बिल्डर्स प्रकाशलाई सम्मान

पथरी / पोखरामा सम्पन्न “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता” मा ८० केजि माथिको उपाधिमा प्रथम हुन सफल पथरी फिटनेश क्लवका प्रकाश राईलाई पथरी फिटनेस क्लवले सम्मान गरेको छ । रोजगारको सिल्सीलामा मकाउ बस्दै आएका राईले “तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता”को पुरुष लर्फ दोस्रो स्थान समेत हात प...

अन्नुको मृत्यु रहस्यमय बन्दै

बाँके / बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ । माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा ...

ट्राफिक व्यवस्थापनमा कठिनाइ

बाँके / जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्...

रङ्गशाला निर्माण अलपत्र

रुकुम / रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०/७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४/७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन...

सडक स्तरोन्नति

बुटवल / बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।करिव रु ५० लाख सरकारी अनुदानमा स...

छाडा पशु नियन्त्रण गरिने

बुटवल / चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि’ कार्यान्वयनमा ल्याउने भएको छ । छाडा चौपायाका कारण विभिन्न समस्या बढेपछि नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाएको हो । कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छ...

प्रविधिमैत्री बन्दै स्थानीय निकाय

तुलसीपुर / यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबा...

थारु कल्याणकारी सभाको नयाँ नेतृत्व

बुटवल / रुपन्देहीमा थारु कल्याणकारी सभाको नयाँ नेतृत्व चयन भएको छ । दुई दिनसम्म सैनामैनामा सञ्चालन भएको नवौँ अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सदस्यमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे चौधरी, प्रेमकुमारी थारु र प्रकाशसिंह चौधरी ह...

फरार अभियुक्त सात वर्षपछि पक्राउ

तुलसीपुर / कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण ...

सवारीसाधन पार्किङ शुल्क नलिइने

नेपालगञ्ज / सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी क...