आगलागीमा ७० वर्षीय भण्डारीको मृत्यु

लम्की / कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ । सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उहाँको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

खुला मासु नै बढी बिक्रीमा

नेपालगञ्ज / नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । आप्mनै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज—१० ...

प्रदेश नं ५ मा प्रदेशस्तरीय प्रदर्शनीको आयोजना

प्रदेश नं ५ सरकारले यस सरकारको स्थापनादेखि हालसम्मका अर्थात् दुई वर्षको अवधिमा गरेका काम कारवाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिन प्रदेश महोत्सव (प्रदेश एक्स्पो) को आयोजना गर्ने भएको छ । ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य राखेको यस प्रदेशले उक्त उद्देश्य पूरा गर्ने उद्देश्यले दाङको बेलझुण्डीमा यही फागुन १० देखि १२ गतेसम्म महोत्सवको आयोजना गर्...

पेट्रोल जफत

प्यूठान / प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २८८ लिटर पेट्रोल बुधबार जफत गरेको छ । प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे१च १९०३ नंको पिकअपले १६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिनुभ...

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

राँझा / नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएकोे उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिनुभयो । प...

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

तनहुँ / तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्...

फ्रिज प्रयोगविहीन, प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य

राप्ती / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उहाँले शवगृह सञ्चालनमा ल्याउन बजेटको व...

राप्ती नदीमा डुबेर एक जना बेपत्ता

बाँके / बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आउनुभएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । शनिबार अपराह्न बेपत...

चट्याङले तीन जनाको मृत्यु

दाङ / दाङ र आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ । प्रहरीका अनुसार दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमह...

डाक्टरको लापरबाहीले ८ वर्षीय सुविकाको मृत्यु

कपिलवस्तु / आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका क...