डेढ करोड महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको रु छ लाख १९ हजार ५०४ विद्युत् महसुल ...

श्रीमती हत्या आरोपमा बुढाक्षेत्री कारागारमा

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाको पति बुढाक्षेत्रीलाई प...

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

लम्की / कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो ...

बर्दिया भनेपछि ‘बाघ’

राजापुर / बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मा...

कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर मृत्यु

लमही / दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो । राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदी...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ । गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डे...

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु

रुकुमपश्चिम/ रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी आज अपरान्ह् करीब ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको हो । दुर्घटनामा परी चाल...

शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद

कपिलवस्तुबाट शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको हो । चार सय ४० ...

चालकको लापर्वाहीका कारण सवारी दुर्घटना

प्रदेश ५ मा भएका अधिकांश सवारी दुर्घटना चालकको लापर्वाहीका कारण भएको देखिएको छ ।संयुक्त राष्ट्रसङ्घ नेपाल, बुटवल जेसिज, ट्राफिक प्रहरी प्रदेश ५ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज बुटवलमा भएको सडक सुरक्षासम्बन्धी कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकको लापर्वाहीका कारण ३९९ दुर्घटना भएको तथ्याङ्क प्रस्तुत गरेको छ ।यो आर्थिक वर्ष...

जबर्जस्ती करणी अभियोगमा पक्राउ

जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले होटलको व्य...