दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

बाँके / बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जा...

ब्राउनसुगरसहित तीन जना पक्राउ

राँझा / प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा स...

छत भत्किएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

गुलरिया / गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् । घाइतेको बर्दिया जिल्ला ...

कार दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची / सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिल...

बाघको आक्रमणमा माहुतेको मृत्यु

राजापुर / बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका ...

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

राँझा / रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउ...

काम गर्दैगर्दा भवनबाट खसेर मजदूरको मृत्यु

दाङ / घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका एक मजदूरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तरप्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेलको सिमेन्ट कारखानाको निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खस्दा गम्...

लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

धम्बोझी / लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । तीनै जन...

अत्याधुनिक पेस्तोलसहित ६ जना पक्राउ

बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दल...

नेपालगञ्जमा आधादर्जन पसलमा आगलागी, ठूलो दुर्घटना भने टर्याे

नेपालगञ्ज / नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति ...