पहिरोले विद्यालयमा क्षति

बागलुङ / गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्णरुपमा क्षति पुगेको प्रधानाध्यापक शंकर थापाले बताउनुभयो । पहिरोका कारण करीब रु ५० लाखबराबरको...

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

फलेवास / मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले ¥याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा...

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

पोखरा, २ असार/प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको छ सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट पटकपटक मात्र होइन धेरै पटक यस प्रदेशमा पर्यटक आउने वातावरणको सि...

आलेख निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो

म्याग्दी, १ असार / म्याग्दीमा लेखापढी र कानून व्यवसायीले अस्वाभाविकरुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी, प्रशासन, अदालत, मालपोतलगायत कार्यालयमा सेवा लिने आमनागरिक पाइलैपिच्छे ठगिन बाध्य भएका छन् ।मनोमानीरुपमा असुल्ने सेवा शुल्क म्याग्द...

विद्यालयमा अब टेलिटिचिङ शुरु गरिने

म्याग्दी, १ असार /  अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपले विकट रहेको र विद्यालयमा प्रर्याप्त विषयगत जनशक्ति नभएकाले गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारिएको हो ।एक विद्यालयको पठनपाठनको शैलीलाई अर्को विद्यालयमा प्रत्यक्ष रुपमा हे...

साल्मेडाँडामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै

साल्मेडाँडा / कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सां...

म्याग्दीको रुममा चरेशसहित एक पक्राउ

म्याग्दी / म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले...

घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

म्याग्दी / सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् । उनीह...

दुग्ध विकास बोर्ड विधेयक पारित

पोखरा / प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सभासमक्ष जेठ २१ गते प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पछि आज पारित गरिएको हो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले घाँसमा आधारित...

तरकारी फलाउँदै विद्यार्थी

बागलुङ / आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् । किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो । पाठ्यक्रमको आधारमा व...