भोजपुरको विकास निर्वाचनको मूल मुद्दा

काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोजपुरबाट उम्मेदवारी दिएका प्रत्यासीले जिल्लाको विकासलाई मूल मुद्दा बनाएर निर्वाचनमा होमिने बताएका छन् । आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनीहरुले मुलुकमा भएका सबैखाले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनले जित्...

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

उदयपुर  । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे तीन वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ । गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार २०७१÷०७२ सालबाट निर्माण कार्य शु...

भद्रपुर विमानस्थलमा एक्स–रेबाट चेकजाँच हुने

झापा । भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ । सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए । मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहँुदा चेकजाँच निकै झन्झटिलो हुने गरेको च...

इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल खुल्दै

इलाम । यहाँका ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल तथा कटेज खुल्न थालेका छन् । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्तुमा पर्यटकलाई लक्षित गरेर स्थानीय युवाले कटेज बनाएका छन् । स्थानीय स्रोतसाधनबाटै बनाइएको कटेजले त्यहाँ पुग्ने पर्यटकलाई सुविधा भएको छ । होमस्टे (घरबास) मात्रै रहेको अन्तुमा इलामकै केही युवा मिलेर कटेज बनाएपछ...

भोजपुरमा सडक निर्माणको काम तीव्रगतिमा

भोजपुर । भोजपुर सदरमुकामको प्रवेशद्वार हेलीडाँडा–पिपलधारा सडक निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकाको रु दुई करोड ६७ लाख बराबरको योजना मार्सेली निर्माण सेवाले ५५५ मिटर सडक निर्माण गरिरहेको हो । यही वैशाख २४ गते सम्झौता गरिएको योजना असार मसान्तभित्र सक्नुपर्ने भएकाले काम तीव्ररुपमा भइरहेको मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठले...

पुल निर्माणको काम सुस्त भएको स्थानीयवासीको गुनासो

तेह्रथुम । जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छथर गाउँपालिकालाई सदरमुकाम म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा मोटरेवल पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्त गतिमा मात्रै काम गरिरहेको छ । दुई वर्षअघि तत्कालीन जिल्ला विकास स...

पाँच वर्ष बित्यो अझै पुल बनेन

सोलुखुम्बु । सोलुखुम्बु र रामेछाप जोड्ने लिखुखोला मोटर चल्ने पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दासमेत पुरा भएको छैन । विसं २०७० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा सम्झौता भए पनि २०७४ असार सुरु हुन लाग्दासमेत सम्पन्न हुने कुनै छाँटकाँट छैन । रु तीन करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी सिरुवा लोकप्रिय देवी कन्स्ट्रक्सनले स्...

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी ...

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

झापा । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिनुभयो । “३० मि...

बाह्र सिँचाइ योजना सञ्चालनमा

भद्रपुर । झापामा हाल सिँचाइका लागि करिब रु ५५ करोड लागतका १२ योजना सञ्चालनमा रहेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको हो । जिल्लामा १२ योजनाबाट करिब चार हजार ३७६ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद ...