डा केसीको स्वास्थ्य अवस्था खतरायुक्त

सुर्खेत / शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो । “२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुप...

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा

फलेवास, पर्वत / पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्न...

अपांगता भएकालाई सिलाइ मेशिन वितरण

रामपुर, पाल्पा /   रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ । अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो । नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको स...

प्रवासीद्वारा विद्यालय निर्माण

बागलुङ /  बागलुङको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीको सहयोगमा रामेछाप जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण गरिएको छ । गलकोट समाज जापानमार्फत सुनापति गाउँपालिका–१ स्थित जागृत आधारभूत विद्यालयको नयाँ भवन बनेको हो । रु २५ लाखको लागतमा निर्मित चार कोठे पक्की भवनको आइतबार गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले उद्घाटन...

प्रदेश नं ४ को राजधानी पोखरा हुनुपर्नेमा जोड

पोखरा / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा सदस्यहरुले प्रदेशको राजधानी पोखरा हुनुपर्नेमा जोड दिएका छन् । बैठकको शुरुमानै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रदेश राजधानी सम्बन्धमा छलफल गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति दिएको थियो । छलफलमा सहभागी हुँदै सदस्यहरुले भौगोलिक अवस्थिति, पूर्वाधार विकासका साथै राष्ट्रिय एवं अ...

पौडेलको खोजीका लागि उच्चस्तरीय वैधानिक समिति गठन माग

पोखरा / नेपाली काँग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले आज कास्कीका प्रमुख जिल्ला अधिकारी तार...

थामकोटमा भ्यु टावर निर्माण शुरु

बाबियाचौर, म्याग्दी / रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउन भ्यु टावर निर्माण शुरु गरिएक...

पर्वतकै ठूलो खानेपानी योजनाको ४० प्रतिशत काम सम्पन्न

फलेवास, पर्वत /  उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत वर्षदेखि शुरु भए...

एकीकृत कृषि बजारका सम्भावनाबारे छलफल

बुटवल / रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ । यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन आफूहरु तयार रहेको बताएका छन् । बुटवल उप–महानगरपालिकामा शनिबार भएको छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, व...

आरक्षको अतिक्रमण हटाइँदै

बागलुङ, १६ असार /ढोरपाटन शिकार आरक्षले अवैध जग्गा अतिक्रमण हटाउन शुरु गरेको छ ।पछिल्लो दुई वर्षमा २८ हेक्टर जग्गा फिर्ता लिइएको आरक्ष कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार अझै ३५० हेक्टर जमीन अतिक्रमणमा छ । स्थानीय बासिन्दा दशकौँ अघिदेखि आरक्षको जग्गा अतिक्रमण गरेर बसेका छन् । आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार ढोरपाटनमा आरक...