खोटो बेचेर लाखौँ आम्दानी

बागलुङ / बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन् । खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट रु सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन् । खोटोबाट रु ९९ हजार ८३४ राजश्व र स्थानीय कर रु ३२...

किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

नवलपरासी / पश्चिम नवलपरासीको सरावल गाउ“पालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । ...

शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण

पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को शहरी स्वास्थ्य केन्द्रको रु ८९ लाखको लागतमा पक्की भवन निर्माण सम्पन्न भएको छ । बिरुवा फाँटको बीचभाग पिपलतरा मार्गमा रहेको लगभग पाँच रोपनी सार्वजनिक जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४१ लाख र महानगरपालिकाको रु ४८ लाखको लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो । विगत लामो समयदेखि पार्दी विरौटास्थित वडा ...

झोलुंगे पुलबाट पच्चिस सय घरधुरी लाभान्वित

बाबियाचौर, म्याग्दी / दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटोको प्रयोग गनुपर्ने समस्या हटेको मात्र छैन पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ । रघुगंगा गाउँपालिका–१ मा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सिङ्गल स्प...

उद्यमशीलता बढाउन घुम्ती कोष

बाबियाचौर, म्याग्दी / अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु तीन लाखको घुम्ती कोष स्थापना गरेको हो । छ वटा टोल सुधार समितिमार्फत घुम्ती कोष परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । आर्थिकर...

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको छ । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै उहाँले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताउनुभयो । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उहाँले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फब...

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आउनुभएका उहाँले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिनुभएको हो । उहाँलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका ...

प्रधानमन्त्रीले पोखरामा विशेष सम्बोधन गर्नुहुने

पोखरा /प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले...

छोरेपाटनमा सिसी क्यामेरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ । डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै रु १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो । क्लबका अध्यक्ष गोपाल बरालका अनुसार स...

चिसापानीमा सर्पदंशको उपचार शुरु

पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै ...