मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजना...

भवन निमार्णका लागि जग्गा व्यवस्थापन

नवलपरासी / पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–५ को आफ्नै वडा कार्यालय निमार्णका लागि जग्गा व्यवस्थापन भएको छ । वडा नं ५ को बाघखोरको गैहीटोलमा रहेको दुर्गा मन्दिरको दुई कट्ठा जमीन व्यवस्थापन भएको वडाध्यक्ष नुमाकान्त पाठकले बताउनुभयो । नगरपालिकाबाट चालू आव ०७५÷७६ मा चार वटा वडा कार्यालय निर्माणमा रु एक करोड रकम विनियोजन भएको छ । जसमा वडा नं १, ३,...

चङ्गा उडाउने करेन्ट लागेर बालकको मृत्यु

कास्की / कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानक...

गण्डक नहरमा डुबेर हराएका मृत फेला

नवलपरासी / पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित गण्डक नहरमा डुबेर हराएका एक जना शुक्रबार मृतावस्थामा फेला परेका छन् । भारतको बिहार प्रदेशको पश्चिमी चंपारन जिल्ला रामनगर बस्ने अन्दाजी २५ वर्षीय राकेश बानियाँको शव नहरमा फेला परेको हो । गत मङ्गलबार राति प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित प्रतापपुर पुल नजिकैबाट बेपत्ता भएका बानियाँको शव प्रतापप...

नेपालकै जेष्ठ नागरिक १ सय १५ वर्षीया धनकुमारी गुरुङको निधन

पोखरा / सम्भवतः नेपालकै जेष्ठ नागरिक १ सय १५ वर्षीया धनकुमारी गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ३१ पचभैया बस्ने १९६० साल भदौ ७ गते जन्मेकी गुरुङको शुक्रबार विहान निधन भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीबाट ३९ नम्बरको नागरिकता लिएकी उनी हाल १ सय १५ वर्ष पुगेको दाबी गरिएको छ । उनी पनाती पर्ने राजु गुरुङको घरमा बस्दै आएकी थिइन् । उन...

१९ वर्षीया युवतीमाथि १० जनाको सामूहिक बलात्कार, पालैपालो गरेको भन्दै युवतीले दिइन् उजुरी

कालिकोट / धिमाल देवताको मेला हेरेर फर्किएकी १९ वर्षीया युवतीमाथि १० जनाको समूहद्वारा सामूहिक बलात्कार भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर –९ की ती युवतीले आफूमाथि पालैपालो सामूहिक बलात्कार भएको बयान दिएकी छन् । गत असोज १० गते बेलुका धिमाल देवताको मेला हेरेर घर फर्किँदै गर्दा बाटोमा १० जना युवाहरुको समूहले उनलाई बलात्कार दिएको भन्दै ...

ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

म्याग्दी / बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बा...

एक सय १५ वर्षीया गुरुङको निधन

लेखनाथ / पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आउनुभएको...

शिकारका लागि खुला ढोरपाटन आरक्ष

बलेवा / विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो । पहिलो समय ९असोज–मङ्सिर०का लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा रु १२ लाख पाँच हजार र एउटा झारलको रु नौ लाख २० हजा...

हत्या आरोपमा श्रीमान् पक्राउ

लेखनाथ / पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । ५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर...