तीजमा स्वस्थ्य र उद्यमी बन्न सन्देश

पोखरा / हिन्दू महिलाको महान् चाड हरितालिका तीज महँगा होटेलमा दरखाने त्यहीअनुरुप गर गहना एवं कपडाको बढ्दो प्रयोगले भड्किलो बन्दै गएको अवस्थामा यहाँको एक सञ्चारगृहले भने संस्कृतिलाई विकृति नबनाउन प्रेरित गर्दै स्वस्थ्य र उद्यमी बन्न सन्देश दिएको छ । महिला वर्गको मात्र लगानी, सक्रियता र सञ्चालनमा रहेको रेडियो जननीले निःशुल्क क्यान्सर रोग परीक्षण शिविर...

वडा सदस्यद्वारा सुविधा त्याग

बागलुङ / जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले जीवनभर राज्यको कुनै सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले यो वर्ष वडाबाट पाएको तलब, भत्ता पनि सामाजिक काममा खर्चनुभयो । “मैले राज्यको पैसाबाट पानी पनि खान्न” उहाँले भन्नुभयो, “जस्तोसुकै अवस्था आए पनि सुविधा लिन्न ।” रसाइलीले आफूले पाएको तलब रु ८४ हजार ५४ बाट शुक्रबार जैदीकै संस्कृत मावि...

जलजलाका छ सय घरमा एक घर एक धारा

पर्वत / उत्तरी पर्वतको जलजला गाउँपालिकामा रु चार करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । निर्माण शुरु भएको झण्डै आठ वर्षपछि स्थानीय पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भइ सबैको घरमा धारा जोडेर पानी वितरण गर्न थालेपछि लामो समयदेखि पानीको समस्या झेल्दै आएका जलजलावासीले राहत महशुस गरेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्या...

क्षमताभन्दा तेब्बर कैदीबन्दी

दमौली / जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ । कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले बताउनुभयो । “शौच गर्न लाइनमा बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । एउटै कोठामा धेरै कैदीबन्दी राख्...

‘क्यानोनिङ’को सफल परीक्षण

बागलुङ / गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ । गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यही वर्षभित्रमा ‘क्यानोनिङ’ व्यावसायिक रुपमा शुरु हुने वडा नं ३ का अध्यक्ष वीरजञ्ग भण्डारीले बताउनुभयो । “विस्तृत आयोजना ...

अनुदान लिने भूकम्पपीडितको संख्या न्यून

म्याग्दी / जिल्लाका एक तिहाइ भूकम्पपीडितले मात्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिएका छन् । दुई तिहाइ भूकम्पपीडित अहिलेसम्म अनुदानको दोस्रो किस्ता लिन सम्पर्कमा आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सात सय ८० जनाले पहिलो किस्ता अनुदान लिएका छन् । हालसम्म २४४ भूकम्पपीडितले मात्र दोस्रो किस्ताबापतको अनुदान लिएको प्राधिकरण...

साउदीमा सात नेपाली अलपत्र

बेनी / रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम ग...

फर्निचर अभावमा भुइँमै बसेर पठनपाठन

म्याग्दी / यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालील...

पर्वतमा रोकियो खुला चरिचरन

पर्वत / केही वर्षअघिसम्म उत्तरी पर्वतका अधिकांश कृषकले गाईबस्तु चराउन जङ्गलमा छाड्ने गर्थे । जङ्गलमा छाडेका गाईवस्तु खेतबारीमा पसेर बालीनाली सखापै पारिदिने समस्या दुई वर्षदेखि अन्त्य भएको छ । कारवाहीस्वरुप गाईभँैसीलाई काञ्जी हाउसमा थुन्न थालेपछि गाईवस्तुलाई छाडा छाड्ने क्रम रोकिँदै गएको छ । पर्वतको मोदी गाउँपालिका–४ क्याङस्थित लेस्पारमा वन जङ्गल सम...

उपभोक्तालाई खानेपानी चाँडै

बागलुङ / ‘लिफ्टिङ’ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु भएको छ । ठेकेदार कम्पनी ‘कन्काइ जयमाता जेभी’ले संरचना निर्माणको काम अघि बढाएको हो । रु ४५ करोड २७ लाखको लागतमा बन्ने उक्त आयोजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ । बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सो आयोजना निर्माण गर्न लागिएको कन्...