यान्त्रिक हलोले खेत जोत्न थाले महिला

म्याग्दी / म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् । महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् । बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि ...

रैथाने जात लोप हुँदै जाँदा परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

पोखरा, / “झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए ।हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २०७५ का सन्दर्भमा रच्नुभएको असारे गीत हो यो असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै गर्दा पाखेले भने जस्तै परम्परागत खेती प्रणालीका साथै रैथाने धानका बीउहरू लोप हुँदै जाने क्रम यतिखेर चिन्ताको विषय ब...

मन्दिर पुनःनिर्माण

बाबियाचौर, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित धार्मिक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षित गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय बासिन्दाको पहलमा मन्दिर पुनःनिर्माण भए...

अनुदानका प्रविधि वितरणमा अनियमितता

बेनी, म्याग्दी / घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जिल्लाका साना तथा घरेलु उद्योगमा लागेका उद्यमीलाई अनुदानमा उपयुक्त प्रविधि वितरण गर्ने क्रममा अनियमितता भएको छ । चालु आवमा जिल्लाका उद्यमीहरुका लागि रु २४ लाखभन्दा बढिको प्रविधि हस्तान्तरण गर्ने क्रममा साना तथा मझौला उद्यमीहरुलाई भन्दा ठूला उद्योगी, व्यापारी र पहुँच भएका व्यक्तिलाई कार्य...

छ वर्षपछि सिँचाइ कुलो प्रयोगमा

म्याग्दी / अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माण गरिएको सिँचाइ कुलो ६ वर्षपछि प्रयोगमा आएको छ । सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले २०६९ सालमा निर्माण गरेको घार सिँचाइ योजना यस वर्षदेखि सञ्चालनमा आएको हो । रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको योजना शाखा नहर र पाइपलाइन नहुँदा प्रयोगमा आउन सकेको थिएन । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासील...

झोलुङ्गे पुल बनेपछि एकदिनको बाटो एक घण्टामा

बगर, म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र...

बेनी–भकुण्डे सडकमा ट्रयाक खुलेको आठवर्षपछि पनि उस्तै

बेनी, म्याग्दी /  देखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन । २०६७ सालमा ट्रयाक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म रु ७५ लाख खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छन् न सडक मर्मत क...

रुपन्देही क्याम्पस भैरहवालाई क्युएए प्रमाणपत्र

नवलपरासी /  रुपन्देही जिल्लामा रहेको रुपन्देही क्याम्पस, भैरहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका दुईवटा क्याम्पसमध्ये रुपन्देही क्याम्पस भैरहवा पनि पर्न सफल भएको हो । गुणस्तर सुनिश्चितता प्रत्यायन (क...

पासाङल्हामु राजमार्ग खुलाउन सुरक्षाकर्मी परिचालन

रसुवा / गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको र उक्त सडक खुलाउन ने...

सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

दाङ /  विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ । दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् । दाङका दशवटै स्थानीय तहले यसमा महत्वपूर्ण भूमिका ...