पूर्वाधारका कार्यालय स्थापनामा जोड

परासी / सङ्घीयता कार्यान्वयन हुनुअघिसम्म पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारमा निकै चहलपहल हुने गथ्र्याे, यहाँको व्यापार व्यवसाय राम्रै फस्टाएको थियो । जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम आउने मानिसको आवातजावतले रौनक बढाएको थियो । सङ्घीय संरचनाको कार्यान्वयन भएर स्थानीय तह अधिकारसम्पन्न हुँदा जिल्ला सदरमुकामको अस्तित्व नै सङ्कटमा परेको भन्दै जिल्लाव...

सुरक्षा गृहका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

चिप्लेढुङ्गा / हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन नसकेको भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको कोपिला नेपालका कार्यकारी ...

पितृको स्मरणमा पदमार्ग निर्माण

गलेश्वर / आफ्ना पितृ (पुर्खा)को स्मरणमा सन्तानले सप्ताह पुराण लगाउँछन् । दान दिन्छन् र भोज खुवाउने पनि गर्दछन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयवासीले भने पर्यटकीयस्थल खोप्रालेकसम्म पुग्ने अक्करे भीरमा पदमार्ग निर्माण गरेर आफ्ना पितृको स्मरण गरेका छन् । आफ्नै थाँतथलोमा ज्यान गुमाएका पितृप्रति सम्मान मात्र व्यक्त गरेका छैनन्...

नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

पोखरा / जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन स्रोत सर्वेक्षणका आधारमा सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा नेपालमा सामुदायिक वनको माध्यमबाट वन क्षेत्रको दायारा ह्वात्तै बढेको हो । देशको कूल भू–भागको ३९.६ प्रतिशत वन क्षेत्र...

नेकपाका अध्यक्ष दाहालद्वारा गलेश्वर शिवालय अवलोकन

बेनी , २७ कात्तिक (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गर्नुभएको थियो । नौ रोपनी क्षेत्रफलमा फैलिएको...

पूर्वाधार विकासको चार करोड बाँडफाँट

लमजुङ / नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गर्नुभएको छ । उहाँले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गर्नुभएको छ । गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड ६३ लाख, खेलमैदान निर्माणमा रु २९ लाख,...

मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता गृहमन्त्री थापा

म्याग्दी / गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गर्नुभयो । उहाँले जथाभावी सडक न...

श्रीमती हत्या गर्ने पक्राउ

पोखरा / कास्कीमा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । यही कात्तिक २२ गते पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीडाँडामा डेरा गरी बस्ने ३२ वर्षीय शर्मिला घर्तीमगर कोठामा मृतावस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान बढाएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । अन...

बस दुर्घटनामा ३७ जना घाइते (तस्विरहरू सहित)

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस राजमार्ग छेउबाट खस्दा ३७ जना घाइते भएका हुन् । घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको...

घाइते बालिकाको पनि मृत्यु

रूकुम / रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहखोलामा भएको जीप दुर्घटनामा परेकी घाइते बालिकाको पनि मृत्यु भएको छ । शुक्रबार बेलुका लु१ज २६६८ नंको जीप दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट नगरपालिका–१ स्यालाखदीकी पाँच वर्षीया पार्वती विकलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक स...