वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर / म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो...

सुन्तला बारीमा कृषिमन्त्री

स्याङ्जा / गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू कृषकका समस्या बुझ्नका लागि...

बसको ठक्करबाट वृद्धाको मृत्यु

दमौली / डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्...

बढ्दो शिकारका कारण मासिँदै कालिज

बलेवा / यतिबेला बागलुङका वनहरुमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरु वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरु देखिन थालेका छन् । विशेष गरेर बस्ती नजीकैका वनहरुमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको हो । बास बस्ने समयमा चारो ...

सुनचाँदी व्यवसायी सङ्घद्वारा प्रहरीलाई साइकल सहयोग

दमौली / तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम ...

गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

पर्वत / महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनाला...

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली / दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट,...

करेन्ट लागेर मृत्यु

पोखरा / पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै आएका २२ वर्षीय केशव थापा मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक करेन्ट लागेर घाइते भएका मगरको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । Purbeli TV

पर्वतको फलेबास नगरपालिकाले खुला चिडियाखाना बनाउदै

पर्वत / पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ...

हुलाकी सडकको निर्माण ठप्प

परासी / राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको सो हुलाकी मार्गलाई कालोपत्रे बनाउने गरी निर्माण थालिएकामा ठेकेदारको लापरवाहीका कारण काम अघि बढ्न सकेको छैन । ठेकेदारले नदीजन्य पदार्थ अभाव देखाउँदै निर्माण रोकेको छ । सडक निर्माणका ल...