गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

पर्वत / महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनाला...

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली / दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट,...

करेन्ट लागेर मृत्यु

पोखरा / पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै आएका २२ वर्षीय केशव थापा मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक करेन्ट लागेर घाइते भएका मगरको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । Purbeli TV

पर्वतको फलेबास नगरपालिकाले खुला चिडियाखाना बनाउदै

पर्वत / पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ...

हुलाकी सडकको निर्माण ठप्प

परासी / राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको सो हुलाकी मार्गलाई कालोपत्रे बनाउने गरी निर्माण थालिएकामा ठेकेदारको लापरवाहीका कारण काम अघि बढ्न सकेको छैन । ठेकेदारले नदीजन्य पदार्थ अभाव देखाउँदै निर्माण रोकेको छ । सडक निर्माणका ल...

वडा कार्यालयलाई १६ लाखकाे जग्गा

कास्की / कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को वडा भवन निर्माण गर्न स्थानीय आइबहादुर तामाङले एक रोपनी जग्गा प्रदान गर्नुभएको छ । तामाङले बुधबार जिल्ला मालपोत कार्यालयमा आफ्नो स्वामित्वको उक्त जमीन वडा कार्यालयका नाममा रजिस्ट्रेशन पास गरिदिनुभएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । सो जमीनको हालको मूल्य करीब रु १६ लाख पर्ने क्षेत्रीले...

खोप केन्द्र भवन निर्माण

म्याग्दी / म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरमा खोप केन्द्रको भवन निर्माण भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बगरका बालबालिकालाई सहज रुपमा गाउँमै खोप सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बगरका बासिन्दावासीले ...

२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता

गलकोट / बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ का युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् । काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ । केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घर...

करोडौँको सम्पत्ति पहरामा अलपत्र

गलेश्वर / धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ । सो खानी उत्खननका लागि स्थानीयवासीले सरकारसँग अनुमति मागे पनि झन्झटिलो कानूनी प्रक्रियाका कारण अनुमति नमिल्दा करोडौँ आम्दानी हुनसक्ने स्रोत त्यतिकै पहरामा खेर गइरहेको छ । घुर्म खोलाअन्तर्गत गुर्जा हिमालको फेदमा रहेको खानी आवश...

विपन्नको घर छाउँदै स्थानीय सरकार

गलकोट / गलकोट नगरपालिका–३ कार्यालय हटियाले विपन्न परिवारको खरको छाना विस्थापित गर्दै जस्ता पाताले छाइदिएको छ । वडा कार्यालयको क्षेत्रभित्र रहेका विपन्न परिवारको घरलाई जस्तापाताले छाइदिएको वडा कार्यालय हटियाले जनाएको छ । गलकोट नगरपालिकाले वडा कार्यालयको पहलमा खरको छाना भएको घरको तथ्याङ्क सङ्कलन गरी वडा कार्यालय क्षेत्रभित्र रहेका २४ घरमा रहेको खरक...