दुई महिलासहित ६ जुवाडे पक्राउ

कास्की / कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ व...

दुई बालिका जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

दमौली / जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद...

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

दमौली / सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ छन् । श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जि...

प्रत्येक घरधुरीमा ‘एक सदस्य एक फलफूल’

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी, टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोप्ने कार्यलाई अभियानका साथ अघि बढाइने ...

कास्कीमा धान उत्पादन बढ्छः विज्ञ

चिप्लेढुङ्गा / धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए । “यस वर्र्ष कास्कीमा धान राम्रो उत्पादन हुने सङ्केत देखिएको छ, क्षेत्रफलको हिसाबले पनि यस वर्ष उत्पादन वृद्धि हुन...

‘पार्टीलाई एकताबद्ध बनाउनु मुख्य कार्यभार’

कास्की / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भई विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्न सक्नुपर्ने बताएका छन् । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज एक प्रेस वक्तव...

तीन घर विस्थापितः १७ घर उच्च जोखिममा

गलकोट / निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् । लिफ्ट खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर ...

छाब्दी बाराही मन्दिरको पुरानो शंख चोरी

तनहुँ / धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडु...

भरुवा बन्दुकसहित पक्राउ

बागलुङ / बागलुङमा भरुवा बन्दुकसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बडिगाड गाउँपालिका–७ माजखर्कका दलबहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा भरुवा बन्दुकसहित बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सू...

गण्डकी प्रदेशमा थपिए ३२ सङ्क्रमित

कास्की / गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये छ जना महिला छन् । बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन...