बेझाड / सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ ।
आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ...
ठिनी / मुस्ताङमा बुधबारदेखि शैक्षिक सत्र शुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा सम्पूर्ण विद्यालय बन्द गरिन्छ । फागुनदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ ।
जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र चलाउने गरिएको छ । तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका नौ विद्यालय र थासाङ गाउँपालिकाका १३ विद्यालयमा बुधबारदेखि नयाँ शैक्...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भएको बताउनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीले २४ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविध...
गलकोट / जननिर्वाचित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चन थाल्नुभएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना...
कावासोती / पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।कावासोती–१६, डण्डामा दूध बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।बा३ख ९१५८ नंको ट्याङ्करले लु२८प २०३१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरस...
चिप्लेढुङ्गा/ पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् ।पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्...
दमौली / प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रभावकारी भए लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आज दमौलीमा आयोजना गरेको ‘सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन एवं सुशासन प्रवद्र्धनमा राष्ट्रसेवक कर्मचारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले जनताप्रति उत्तरदायी भएर प्रत्येक नागरिकलाई सूच...
कास्की / पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । ...
दमौली / बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद...
दमौली / तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ । आजदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । चालू आवका लागि कूल रु एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म रु ...