घर दैलोमा सेवा, सुशासनमा टेवा अभियान शुरु

बागलुङ, /  एकीकृत घुम्ती सेवा शिविरमार्फत बागलुङमा ५८७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले शुरु गरेको ‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियानबाट ग्रामीण भेगका ५८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् । सो कार्यालयले दुई साताको अवधिमा जिल्लाका विभिन्न चार ठाउँमा एकीकृत घुम्ती ...

प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

पोखरा, १० असार / प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने...

दलित विद्यार्थीलाई सोलार वितरण

रोल्पा/ रोल्पापश्चिमका दुई गाउँपालिकामा अध्ययनरत दलित, जनजाति र जेहेन्दार विद्यार्थीलाई निःशुल्क रुपमा सोलार वितरण गरिएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको सहयोग रहेको उक्त सोलार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा वितरण गरिएको हो । गाउँपालिकाभित्रका करीब ३०० विद्यार्थीलाई वितरण गरिएको सोलारको प्रतिसेट बजार मूल्य रु तीन हजार रहेको छ । ...

जनसरोकारका विषयलाई समाचार बनाउन अध्यक्ष श्यामलको आग्रह

बर्दिवास / राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जनसरोकारका र ओझेलमा परेका विषयलाई समाचारका माध्यमबाट जनसमक्ष ल्याउन समाचारदातालाई सुझाव दिनु भएको छ । राससका पूर्वक्षेत्रका कार्यालय र व्यवस्थापनबारे अवलोकन गर्न बिराटनगर जाने क्रममा शनिबार साँझ महोत्तरीको बर्दिवासमा जिल्लाका स्ट्रिञ्जरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक...

क्षेत्रीय तालीम केन्द्र शिलान्यास

पोखरा / पोखरा लेखनाथ महानगरपालिका–३० खुदीमा रु चार करोडको लागतमा क्षेत्रीयस्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा सभाहलसहितको तीन तल्ले तालीम भवनको संघीय सभासद् खगराज अधिकारीले शनिबार शिलान्यास गर्नुभयो । उहाँले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पु¥याउन निर्माण...

म्याग्दीसमाज कल्याण परिषद्अन्तर्गतको स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित

बाबियाचौर / म्याग्दीसमाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक हजार १०० जनाले ...

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन सोमबारदेखि

नेपालगञ्ज / बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ । अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक...

गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण

बागलुङ / गोर्खा वेलफेयर ट्रष्टले यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण गरेको छ । ट्रष्टले भूकम्प प्रतिरोधी दुई तले उक्त भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरेको छ । भवन हस्तान्तरण गर्दै ट्रष्टका डेपुटी डाइरेक्टर जोन ह्वाइटले स्वयंसेवी रुपमा आर्थिक सहयोग जुटाएर भवन बनाएको बताउनुभयो । उहाँका अनुसार विद्यालय भवन निर...

करेण्ट लागेर वृद्धको मृत्यु

पर्वत / पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर एक वृद्धको मृत्यु भएको छ । मोदी–२, देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विद्युत्को थ्रीफेज लाइनमार्फत बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ । विद्युत्को तारला...

‘मृत्यु मार्ग’ को विकल्पमा सडक निर्माण शुरु

बुटवल / सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ । उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित चरङ्गेसम्म सडक निर्माणका लागि पहिलो चरणमा मार्ग खोल्ने काम सम्पन्न भएको ...