मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

झापा । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिनुभयो । “३० मि...

बाह्र सिँचाइ योजना सञ्चालनमा

भद्रपुर । झापामा हाल सिँचाइका लागि करिब रु ५५ करोड लागतका १२ योजना सञ्चालनमा रहेका छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले कृषकको आवश्यकता र स्रोतको सदुपयोग हुने गरी सिँचाइको विकास र विस्तार गर्न लागेको हो । जिल्लामा १२ योजनाबाट करिब चार हजार ३७६ हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद ...

सडक निमार्ण कार्य सम्पन्न सँगै कृषीजन्य सामाग्री आयात तथा निर्यातमा सहज

तेह्रथुम। तेह्रथुमको छथर गाँउपालिका वडा नम्बर २ मा रहेको सुक्रबारे तिरतिरे जोरधारा गिद्धे सडक निमार्ण कार्य सम्पन्न भएको छ । सुक्रबारे बजार देखी करिब ४ किलो मिटर रहेको सडक निमार्णका लागी साबिह हमरजुङ गाबिसको आर्थीक बर्ष २०७३÷७४ को गाँउ परिषदबाट बिनियोजित ३ लाख ५० हजार बजारको रकमका साथै स्थानीयबासीहरुको श्रमदान सँगै सडक निमार्ण कार्य सम्पन्न भएको ...

झापामा डेढ अर्बका नयाँ उद्योग थपिए

झापा । झापामा चालू आवको नौ महिनाको अवधिमा करिब रु डेढ अर्बको लागतमा विभिन्न नयाँ उद्योग सञ्चालनमा आएका छन् । उक्त अवधिमा कुल पुँजी रू एक अर्ब ३८ करोड सात लाख २७ हजारको लागतमा ७०६ वटा उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ । सञ्चालनमा आएका उद्योगमध्ये उत्पादनमूलक १८७, कृषिजन्य २०१, सेवामूलक २८०, पर्यटन र निर्माण सम्बन्ध...

थामखर्क विमानस्थल कालोपत्रे गर्न सुरु

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको रु नौ करोड २५ लाख २९ हजार सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको कालोपत्रेका लागि अहिले ग्राभेलिङको काम भइरहेको छ । महिना दिनअघिबाट ग्राभेलिङ थालिएको विमानस्थलमा आगामी दसैँ अगाडि उडान सुचारु गरिने ठेकेदार कम्पनी रौता कन...

ताप्लेजुङ सदरमुकाम भित्रको सडकमा कालोपत्रे गरेको चौविस घण्टा नवित्दै उप्किन सुरु

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लीङ भित्रको सडक खण्डमा कालोपत्रे गरिएको २४ घण्टा नवित्दै कालोपत्रे उप्किन सुरु भएको छ । शुक्रबार साँझ कालोपत्रे गरिएको कोप्चेलाईनमा पर्ने सडकमा शनिवारनै कालोपत्रे उप्किन थालेको हो । “शुक्रबार साँझ आफ्नै घर अघि कालोपत्रे भयो तर विहानै हेर्दा उप्किन थालेको थियो, हाम्रो आँखाकै अघि यसरी भएको लापरबाही कसरी सहनु” स्था...

ठेकेदार विवादले अलपत्र फर्सेट खोलाको पुल

उदयपुर, ९ चैत। आर्थिक लेनदेनमा ठेकेदार बीच विवाद हुँदा उदयपुरको सदरमुकाम जोड्ने त्रियुगा नगरपालिका–७ स्थित फर्सेट खोलाको पुल पाँच वर्षदेखि बन्न सकेको छैन । आर्थिक वर्ष ०६९÷७० मा सम्पन्न गर्ने गरी २ करोड ३३ लाख रुपैयाँमा निर्माण सुरु गरिएको पुल दुई ठेकेदार बीच विवाद हुँदा ५० प्रतिशत पनि काम नभई अलपत्र परेको हो । निर्माण सुरु भएको ६ महिना बित्न नप...