पेस्तोलसहित चार जना पक्राउ

भक्तपुर / सशस्त्र प्रहरी बलको विशेष टोलीले आज भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन् । प्रकाउ परेका चारै जनालाई महानग...

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

चरिकोट / दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजी...

बाघको छालासहित चार जना पक्राउ

हेटाँैडा / मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ गजुरीका दिलबहादुर तामाङ रहेका छन् । पक्राउ परेका चारै जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । रु सात लाखमा बाघको छाला किनबेच हुँदैछ भन्ने सूचना...

ट्रकको ठक्करबाट मृत्यु

रत्ननगर / पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर दिँदा बागलुङ घर भई भरतपुर ९, मा डेरा गरी बस्ने वर्ष २४ का प्रवीण पौडेलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो १ बजे उपचारको क्रममा भरतपुर अस्प...

ट्रकको ठक्करबाट चौधरीको मृत्यु

चितवन / भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् । आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले स...

टिपरको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते

काठमाडौँ / बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विस...

दुई सन्तानको अभियानमा चेपाङ

रत्ननगर / कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापर्नुभयो । उहाँको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुग्नु...

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मेलम्ची / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला पर्नुभएको छ । कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।...

ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु

रामेछाप / रामेछाप नगरपालिका–२ देउरालीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना४च १६३ नंको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीयवासी १३ वर्षीय सविन महतको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोडमा मोड्नेक्रममा ट्र्याक्टर ट्रली सडकबाट झरेको र बालक ट्रलीमै बसेकाले उनको मृत्य...

लाटोकोसेरोसहित दुई पक्राउ

काठमाडौँ / संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् । ...