ग्यास चुहिएर आगलागी हुँदा पाँच जना घाइते

भरतपुर / भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हँुदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको वेतिया घर भएका पाँच जना घाइते भएका हुन् । घाइते हुन...

निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिनुभयो । रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छ...

खाेलाले बगाएका वृद्धको प्रहरी द्धारा जिबितै उद्धार

हेटौँडा / हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ । नाम, थर नखुलेको अन्दाजी ४५ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो । चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबा...

पहिरोको उच्च जोखिममा रहेका पाँच परिवारले छोडे घर

बनेपा / अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं– ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं– ४ मजुवाका १० घरपरिवार र वडा नं– ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं– ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका...

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

घटना भएको तीन÷चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् । घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५÷६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान...

फ्यूज राख्ने क्रममा करेन्ट लाग्दा एककाे मृत्यु

काभे्रपलाञ्चोक / नमोबुद्ध नगरपालिका–८ गैराथोकमा विद्युत्को फ्यूज राख्न ट्रान्सफर्मरको खम्बामा चढ्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ फ्यूज राख्ने क्रममा करेन्ट लागेर सोही स्थानका ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको हो । स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै प्रहरीले यसअघि ट्रान्सफर्मरमा फ्यूज गएका...

पहिरोले घर पुर्दा बनेपामा दुईको मृत्यु

काभे्रपलाञ्चोक / अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनक...

वर्षाले हुलाकी सडकखण्ड अवरुद्ध

चितवन / निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । यससँगै माडीका अन्य खोलाहरुमा पनि बाढी आएको छ । जसका कारण आवतज...

अविरल वर्षाका कारण सिस्नेरी सडक अवरुद्ध

हेटौँडा / हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हँुदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ । यसैगरी फ...

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

  काठमाडौँ / अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो । उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति र धेरै सवा...