बस दुर्घटना हुँदा २३ जना घाइते

सिन्धुली / सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले ज...

अविरल वर्षाका कारण पहिरोले पुरिएर बालकको मृत्यु

काभ्रेपलाञ्चोक / अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर प...

आज विश्वकर्मा पूजाकै दिन चितवनमा बस दुर्घटना, १२ जना घाइते

चितवन / चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १३ यात्रु घाइते भएका हुन् । उक्त बसमा २९ यात्रु सवा...

पौडेललाई पाँच दिन म्याद थप गरी अनुसन्धान

विदुर / नुवाकोटको लिखु गाउँपालिका–६ मा फक्राउ परेका नेत्र विक्रम चन्द समूहका नुवाकोट जिल्ला सदस्य तथा युवा सङ्गठन नुवाकोटका उपाध्यक्ष रमन भन्ने प्रनिल पौडेललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । नुवाकोट जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताउनुभयो । नुव...

दुर्घटनामा परी एक जनाकाे मृत्यु

चितवन / भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँद...

काभ्रेमा चार हेलिकोप्टरको आकस्मिक अवतरण

बनेपा / मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको ...

अवैध चरेस, गाँजा र कारसहित पाँच जना पक्राउ

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर...

प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

हेटौँडा / सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जिल्लाका अस्पतालबाट अधिकतम ग...

गोरखा दरबारको पुनः निर्माणले गति लिँदै

गोरखा / गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ । गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो । विसं १९९० को भूकम्पले समेत खासै क्षत...

भक्तपुरमा डेङ्गुको उच्च जोखिम

भक्तपुर / देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँ...