पठनपाठनको माँग गर्दै कलेज प्रमुख साहको पुत्ला दहन

सिरहा, २० फाल्गुन / ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले कलेजका प्रमुख संजय साहको पुतला दहन गरेका छन् । नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गतेदेखि विद्यार्थीहरुले गरेको तालाबन्दीलाई कलेज प्रमुख साहले बेबास्ता गरेपछि आक्रोशित विद्यर्थीहरुले आज (आइतबार) कलेज प्रमुख साहको पुत्ला दहन गरेको बिद्यार्थी लक्ष्मेश्बर कापरले बताए ।...

२ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

काठमाडौँ, १८ फागुन (रासस)ः संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले मधेशी जनताको भावनानुरुप संविधानमा संशोधन हुनुपर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरुको दोस्रो प्राथमिकता भएको बताउनुभयो । फोरमका महासच...

जनकपुरमा होली भोलि

जनकपुरधाम, १८ फागुन / सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी९होली० जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ । माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा...

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराज, १८ फागुन / राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ ।  राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछ...

श्रीमान्को हत्याको षड्यन्त्रमा पक्राउ

पर्सा, १७ फागुन / वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गर्नुभयो । चौरसियामाथि गोली प्रहार गरेक...

उदयपुरमा लागू औषधसहित ४ युवा पक्राउ

 उदयपुर / उदयपुर सदरमुकाम गाईघाटबाट बिहीबार लागू औषधसहित ४ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर रहेका छन् । प्रहरी गस्ती टोलीले लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित उनीहरुला...

खोटे सल्लासहित ठाकुर पक्राउ

लहान / खोटे सल्ला (सरर) सहित वन कर्मचारीको टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ । जिल्ला वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले चुरे जंगलबाट अवैधरुपमा तस्करी गरिरहेको खोटे सल्ला (सरर) सहित गोलबजार नगरपालिका–१ गोला मुक्सार निवासी– १८ वर्षीय अजय ठाकुरलाई पक्राउ गरेको हो । चुरे जंगलबाट अवैधरुपमा खोटे सल...

उदयपुरको सुनकोशी गाउँपालिकाको नाम अब लिम्चुङबुङ

उदयपुर / उदयपुर जिल्लाको सुनकोशी गाउँपालिकाको नाम ‘लिम्चुङबुङ’ निर्धारण भएको छ । सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो गाउँपालिकाको नाम लिम्चुङबुङ निर्धारण होस् भन्दै पाँच महिनाअघि मात्र संघीय मामिला मन्त्रालयमा निवेदन दिएअनुसार हालै नाम परिवर्तनको स्वीकृति भएको सो गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभएको छ । नेपालका धेरै स्थानमा सुनक...

गायक उदित जन्मस्थल भारदहमा

राजविराज ।  झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुग्नुुभएको छ । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार आउनुभएको स्थानीयवासी आकाशराज भण्डारीले जानकारी दिनुभयो । गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएपनि उहाँका दाजुभाइ भने भारदहस्थि...

गोली प्रहारबाट एक युवक गम्भीर घाइते

पर्सा, १७ फागुन / अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् । घाइते चौरसियाको वीरगन्जको ...