कोरोना सङ्क्रमण रोक्न धमाधम क्वारेन्टाइन बनाइँदै

महोत्तरी / कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन् । जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो । जिल्लाका जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ । यसैगरी जिल्लाका सबै (१५वटै) स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय...

कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका लागि गरिएका तयारीबारे जानकारी लिनुभएको थियो । साथै आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा छलफल भएको मुख्यम...

कञ्चनपुरका सीमानाका र बजार सुनसान

कञ्चनपुर / कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल नभएको हो । नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिट...

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चार औषधी व्यवसायी पक्राउ

जनकपुरधाम / मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ...

कोरोना भाइरस : सप्तरीमा चार अस्थायी अस्पताल सञ्चालन तयारी

सप्तरी / कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै सप्तरीको चार स्थानमा ‘कोरोना व्यवस्थापन अस्थायी अस्पताल’ सञ्चालन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र युनिक अस्प...

कोरोना भाइरस : महोत्तरीका भारतीय सीमानाका बन्द

महोत्तरी / कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती÷बस्तीसँग जोडिएका नाका आजदेखि ब...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

राजविराज / पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३० वर्षीय कामी मुखिया रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताउनुभयो । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मुखियाको गजेन्द्रनार...

प्रदेश २ को राजधानी लहानलाई बनाउन माग

सिरहा / प्रदेश २ को राजधानी सिरहाको लहानलाई बनाउनुपर्ने माग गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । प्रदेश २ को राजधानीसम्बन्धी प्रदेशसभामा दर्ता भएको प्रस्ताव असफल भएपछि सिरहाको लहानलाई प्रदेश २ को राजधानी बनाउनुपर्ने माग गर्न थालिएको छ । प्रदेश नं २ को राजधानी जनकपुरघाम र वीरगञ्जको प्रस्ताव अस्वीकृत भएपछि लहानवासीको तर्फ...

पैसा नदिएको रिसमा बालकको हत्या

रुपन्देही / रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यही चैत ४ गते बिहान १० बजे विद्यालय गएका बालक घर नफर्किएपछि खोजतलास गर्ने क्रममा ६ गते मात्रै ओमसतीयाको खेतमा शव फेला परेको थियो । बिहान करिब ११.३०...

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

जलेश्वर / महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । गाउँको भित्री सडकमा अत्यधिक तीव्र गतिमा आउँदै गरेको ज ...