महोत्तरी कारागार जलमग्न, कैदीको बिचल्ली

महोत्तरी / लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि क...

सिरहाको मिर्चैयामा बाढीमा डुबेर १० वर्षीया बालिका मृत्यु

सिरहा / सिरहाको मिर्चैया नगरपालीका १ मा बाढीमा डुवेर एक नबालिकाको मृत्यु भएको छ । मौसम सफा भएपछि बाख्रा चराउन गएका १० वर्षीय रागिनी मण्डलको मृत्यु भएको प्रहरीले जनाएका छन । बाख्रा चराउन गएकी उनको खुट्टा चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीय प्रत्यक्ष दर्शीलेबताए । खोलामा पानीको बहाब उच्च रहेको थियो। पानीमा डुबेकी रागनीको...

महोत्तरीमा पाँच दिनपछि घाम

महोत्तरी / पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ÷नगर ब...

बाढीपीडितको उद्धार र राहतमा तीव्रता

लहान / वर्षासँगै सिरहा सदरमुकामसहित गाउँ गाउँमा बाढीको कहर जारी रहँदा स्थानीय प्रशासनले विभिन्न निकायसँग समन्वय गरी आजदेखि उद्धार र राहतको कार्यलाई तीव्र बनाएको छ । आज बिहानदेखि वर्षा रोकिएपछि बाढीबाट बढी प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार र राहतसहितको टोली परिचालन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो । वर्षा र...

बेपत्ता मध्ये उदयपुरमा थप १ को मृत्यु

उदयपुर / उदयपुर चौदण्डिगढि नगरपालिका-४ बस्ने ३५ बर्षीय मनकुमार तामाङको खोलाले बगाई मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई बचाउन खाेज्दा खाेलाले उनलाइ बगाएकाे थियाे । बेपत्ता तामाङको खोजतलासका क्रममा आज बिहान साढे १० बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अस्पताल पुर्याउन नसक्दा सप्तरीमा एक महिलाको मृत्यु

सप्तरी / बाढीले अस्पताल पुर्याउन नसक्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका–५ बनिगाकी अल्सरले ग्रसित ४२ वर्षीया श्यामदेवी चौधरीको बाढीका कारण अस्पतालसम्म पुर्‍याउन नसक्दा मृत्यु हो । चौधरीको शव पोष्टमार्टमकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको सप्तरीका एसपी मनोजकुमार यादवले बताउनु...

प्रदेशसभा सचिवालयको भवन डुबानमा, बैठक स्थगित

जनकपुरधाम / लगातार परिरहेको भारी वर्षाका कारण जनकपुरधामस्थित प्रदेशसभा सचिवालयको भवन डुबानमा परेको छ । सचिवालयको भवन डुबानमा परेपछि शनिबार हुन लागेको प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयको सभाहल, सभामुख तथा उपसभामुखसहित कर्मचारीहरुको निवाससमेत जलमग्न भएको छ । यसअघि शुक्रबार भएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवल...

उदयपुरमा खोलाले बगाउँदा एक जना वेपत्ता

उदयपुर / उदयपुरमा खोलाले बगाउँदा एक युवा वेपत्ता भएको छ । चौदण्डीगढी नगरपालिका ४ स्थित लामा खोला र काली खोलाको संगम स्थलबाट बगाउँदा स्थानीय ३५ वर्षिय मन कुमार तामाङ वेपत्ता भएको छ । हुलाकी राजमार्ग अन्तर्गत संचालित ममन कन्ट्रक्सनको क्रसर उद्योगमा चौकीदार तथा क्यान्टिङ चलाएर बसेका तामाङलाई खोलाले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका...

खोलामा डुबेर बालकको मृत्यु

पर्सागढी नगरपालिकामा रहेको सिंघही खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । खोलामा बगेर आएको दाउरा झिक्न खोलामा पसेका नगरपालिकाको वडा नं १ निवासी मेघराज पटेलका छोरा निखिर पटेलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जा...

रौतहटमा ४ सय भन्दा बढी घर डुवानमा, २ बेपत्ता

रौतहट / असार २८ गते । चार दिनदेखिको अविरल वर्षाले रौतहटमा दुई जना वेपत्ता भएका छन् । पानीको सतह बढदै जाँदा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ भन्दा बढि घर डुबानमा परेको छ । २ हजार ५ सय मानिस सुरक्षीत स्थानमा सारिएको छ । माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोको फर्ममा बागमतीको पानी पस्नाले ४६ वटा राँगा बगाएको छ । इशनाथ नगरपालिका–३ औरैयाका ४० ...