विद्युत् हुकिङबाट रु १८ लाख जरिवाना असुल

राजविराज / नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोब...

ट्रिपरको ठक्करले एकको मृत्यु : बिरोधमा चक्काजाम र तोडफोड

 सिरहा / पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा ट्रिपरको ठक्करले मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ । आज बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मिर्चैया नगरपालिका ७ फूलबरिया बस्ने अन्दाजी २४ व...

आगलागीबाट तीनवटा पसल नष्ट

लहान / सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय, सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले जानकारी दिनुभयो । ...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लहान, २७ फागुन / पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना.३ख ५१४५ नंको ट्रकमा स.३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो.सादिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मो. सादिरकोे लहानस्थित...

जुत्ता पसलमा आगलागी हुँदा ६० लाखको क्षति

राजविराज / सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ । स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हँुदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राति पसल बन्द गरेर गएका खातुन बिहान आउदा आगो लागेको अवस्थामा देखेपछि छर...

तोकिएको समयमा काम पूरा नगर्ने निकाय कारवाहीमा पर्ने

सप्तरी । प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगर्ने सम्बन्धित निकाय कारवाहीमा पर्ने बताउनुभएको छ । उहाँले आज राजविराजमा पत्रकारसँग कुरा गर्दै तराई–मधेशमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताउनुभयो । विकास निर्माणका दृष्टिले प्र...

ढुङ्गा प्रहार गरी हत्या

 उदयपुर । उदयपुरमा एक महिलाले ढुंगा प्रहर गरी एक पुरुषको हत्या गरेका छन् । त्रियुगा नगरपालिका–७ मा उदयपुरगढी गाउँपालिकाकी धमिनी कार्कीले प्रहार गरेको ढुंगाले लागेर त्रिनपा–८ का वर्ष ५१ का शिव कार्कीको मृत्यु भएको हो । बाटोमा हिँडिरहेको वेला महिलाले ढुंगा प्रहार गर्दा घाइते कार्कीको उपचारको क्रममा गए राति जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहर...

हिमालीनी हिन्दीका पत्रकार बनैताको घरमा चोरी

सिरहा / सिरहाको लहान नगरपालिका १ स्थित कृष्णटोलमा एक पत्रकारको घरमा चोरी भएको छ । नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष तथा प्रेस मन्च नेपालका सिरहा अध्यक्ष मनोज बनैताको घरमा ताल्चा फुटाई सोमबार राति चोरी भएको छ । ३० हजार नगद, ल्यापटप, सुनचाँदीको गरगहना लगायतका समानहरु चोरी भएको पत्रकार बनैताले बताए । पत्रकार बनैताले चोरीको बिषयमा ईलाका प्रहर...

करेन्ट लागेर एकको मृत्यु

गौशाला, २३ फागुन/महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मंगलबार साँझ आफ्नै गाउँ भएर जाने जलेश्वर–मटिहानी सडकखण्डको छेउमै रहेको पसलअगाडि धुलो उडिरहेको भन्दै पसलको पछाडि...

कुखुरा खोरमा आगलागी

राजविराज ।  सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित एउटा कुखुरा खोरमा आज आगलागी हुँदा ५०० कुखुरा र फार्म जलेका छन् । स्थानीयवासी गुनेश्वर साहको कुखुरा खोरमा विद्युत् चुहिई आगलागी हुँदा करीव रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र शम्भुनाथबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिप्रका सप्त...