मोटरसाइकल चोरी गर्ने पक्राउ

राजविराज / राजविराज–७ स्थित हटियामा पार्किङ्ग गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज – ८ बस्ने हनुमाननगर कंकालनी – १ का शम्भु राम र बिष्णुपुर –१ बस्ने परमेश्वर यादव रहेको प्रहरी उपरीक्षक मूकेशकुमार सिंहले बताउनुभयो । अभियुक्त दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा र...

भतिजाको हत्या गर्ने काका पक्राउ

राजविराज / सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । ...

विषादी सेवनबाट दुई मितिनीको मृत्यु

गौशाला / महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुशीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै मितिनीले सोमबार छिमेकीको घरमा भइरह...

प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह

धनुषा  / नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरेको छ । प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले गत वर्ष आएको बाढीका कारण प्रदेश २ का सञ्चारमाध्यम प्रभावित भएको तथ्य मनन गर्दै विनाभेदभाव वर्...

मृत्त अवस्थामा विद्यार्थी फेला

धनुषा / जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ स्क...

ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु

महोत्तरी / महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर मण्डलको आज बिहान ट्याक्टरमा च्याँपिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सडक निर्माणको क्रममा माटो भर्ने कार्यमा खटिएको ज १ त ९२२...

सिरहाका ४४ बेपत्तासम्बन्धी छानविन शुरु

लहान / सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले आज जिल्लाका सरोकारवालाहरुसँग आयोजित अन्तरक्रियामा आयुक्त प्रा डा विष्णु पाठकले बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि ४४ वटा निवेदन परेको र त्यसमाथि छानविन शुरु गरिएको जानकारी दिनुभयो । ...

कुकुरले टोकेका बिरामीको संख्या वृद्धि

गौशाला / तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ । यसअघि फाटफुट रुपमा कहिलेकाहीँ मात्र एक÷दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी आउने गरेको अस्पतालका डा मृत्युञ्जय ठाकुरले बताउ...

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको लहानस्थित सप्तऋषि अ...

चित्तलको मासुसहित एक पक्राउ

बारा / चित्तलको मासुसहित निजगढबाट आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेको छ । आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई निजगढ–४ कछडियाटोलबाट सवा दुई किलो मासु र मासु टुक्राउन प्रयोग भएको अचानोसहित पक्राउ गरेको हो । ...