कोशी कटानमा दुर्घटना, छजनाको मृत्यु, चार घाइते

इनरुवा / पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी च...

भ्यूटावरकालागि पाँच बिगाह जग्गा उपलब्ध

दमक / झापाको दमक–३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ । जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावर कार्य अगाडि बढ्ने भएको हो । वडा कार्यालयले भ्यूटावरका लागि आवश्यक जमीन जुटाएपछि अब दमकमा अत्याधुनिक नमूना भ्यूटावर...

नेपालकै हाेची मालतीकाे बुबाको डुबेर मृत्यू

मोरंग / नेपालकै हाेची मालतीकाे बुबाको डुबेर मृत्यू भएकाे छ । मोरंगको सुन्दरहरैचा नगरपालिका वडा नं.४ स्थित नेपालकै होची युवती दाबी गरीएकाे १८ बर्षिया मालती मिरर (ऋषिदेव)काे बुबा रमेश ऋषिदेबको पानीमा डुबेर मृत्यू भएकाे हाे । हिजाे साँझ ६:०० बजे हरिनारायण चौधरीको खेतमा काम गर्दा गर्दै खेतमा लडेका उनको त्यही मृत्यु भएको बताइएको छ । लामो स...

उदयपुरमा जनता आवासका घर पनि भत्किए

उदयपुर / सरकारी इन्जिनियरहरुको प्रत्यक्ष संलग्नतामा निर्माण गरिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर भत्किएका छन् । उदयपुरको कटारी नगरपालिका २ खोक्सामा निर्माणधिन जनता आवास कार्यक्रम अन्तर्गतको घर भत्किएको हो । कटारी नगरपालिका २ खोक्साका हेमराज परियारको निर्माणधिन घर भत्किएको हो । घर भत्केपछि हेमराज परियार परिवारको विचल्ली भएको छ । उनको घर गत हप...

झापामा ट्रिपरको ठक्करबाट दुईको घटनास्थलमै मृत्यु

झापा / गौरीगंञ्ज पाडाजुँगी सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीका अनुसार गौरादह – १ नीलगिरी प्लटिङ नजिकै मे ४ प १४४७ नम्वरको मोटरसाइकललाई ना ३ ख ८४७४ नम्वरको ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट मेचीनगर – ८ वाहुनडाँगीका २२ वर्षीय नेलसन भण्...

वर्षा सुरु भएसँगै उदयपुरमा दर्जनौ सडक अबरुद्ध ( तस्विरहरू )

उदयपुर / मनसुन सुरु भएसँगै उदयपुरका दर्जनौ सडकहरु अवरुद्ध भएका छन् । तीन दिनदेखि लगातार वर्षा सुरु भएपछि अधिकांश पहाडी भेगका कच्ची सडकहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयलाई सदरमुकाम र स्थानीय तहका केन्द्र आउ जाउ गर्न समस्या भएको छ । पछिल्लो एकदशकमा गाउँ गाउँमा कच्ची सडक बने पनि अधिकांशको काम प्राविधिक इस्टीमेट विना र सानो बजेटबाट सा...

नवीकरणीय ऊर्जा कार्यक्रमप्रति स्थानीयवासी उत्साहित

विराटनगर / ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको शुभारम्भसँगसँगै प्रदेश नं १ का जनतामा स्थानीयस्तरमै उपलब्ध हुनुसक्ने वैकल्पिक ऊर्जाका प्रविधिहरुबाट आधुनिक ऊर्जाका सुविधा पाउन सकिने अवसर प्राप्त भएपछि उत्साहित बनेका छन् । करीब ११ लाख १४ हजार घरधुरी रहेको यस प्रदेशमा अहिले पनि विकट र ग्रामीण क्षेत्रमा मानिसले पूर्णरुपमा बिजुली उपभोग गर्...

मोरङको बेलबारीमा हात्तिले कुल्चेर निर्माण मजदुरको मृत्यु

बेलबारी । मोरङको बेलबारी ११ मा आईतबार राति सुतेको अबस्थामा हात्तिले कुल्चेर मोरङको जहदाका ५५ बर्षीय रघु महतोको ज्यान गएको छ । भाउन्ने र लक्ष्मीमार्गको बिचमा रहेको महेन्द्र राजमार्गमै रहेको कजवे पुलको दक्षिण पटिट् सडक निर्माणका लागी राखिएको गिट्टी, बालुवाको छेउमा राति सुतेका ३ जना मजदुरहरुमध्ये एकजना लाई हात्तिले कुल्चिएको थियो । आईतबार राति ९...

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान / लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगम...

कमसल सामग्रीका कारण कालोपत्रे उक्कियो

अर्जुनधारा, झापा / कमसल सामग्रीका कारण झापाको अर्जुनधारा–८ र बुद्धशान्ति–२ अन्तर्गत रहेको चारपाने–नारायणचोक–हात्तीकिल्ला–जयपुर सडकमा गरिएको कालोपत्रे उक्किएपछि स्थानीय आक्रोशित भएका छन् । कमसल सामग्रीको प्रयोग, कालोपत्रे गर्न आवश्यक तापक्रम विपरीत छिटो काम सक्ने बहानामा बिहान र रातिसम्म काम गरेका कारण सडक गुणस्तरहीन भएपछि आक्रोशित बनेका उनीहरुले...