भीरबाट लडेर मृत्यु

इलाम, १० पुष । इलामको दानाबारी–१ रातेखाडी भन्ने स्थानमा भीरबाट लडेर आज एक व्यक्तिको मृत्यु भएको छ । दानाबारीको गोरखे भन्ने स्थानबाट घरतर्फ फर्कने क्रममा दिउँसो ३ः०० बजे करिब १५ मिटर अग्लो भीरबाट लडेर दानाबारी–१ का ४७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

केन्द्रको ध्यान नपुग्दा राजविराज औद्योगिक क्षेत्र लथालिङ्ग

सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् । हुर्किएका ठूला ...

केराबारीमा मच्छिन्द्र मेला

बेलबारी । मोरङको केराबारीमा मच्छिन्द्र मेला २०७३ आयोजना हुने भएको छ । मेला आयोजक मुल समारोह समितिले आईतबार केराबारीमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।ब्यापार प्रबन्ध समिति केराबारीको आयोजना र खेलकुद बिकास समिति केराबारीको सहआयोजनामा यहि १९ गतेदेखि २५ गतेसम्म मेला सञ्चालन हुने मेलामा स्थानीय उत्पादन,भेषभुषा र संस्कृतिको जगेर्ना ...

उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत : चार बर्षे दुधे बालककाे कन्तबिजाेक : उपचारमा घरबार सबै सकियाे

 उदयपुुर, १० पुस / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत अवस्थामा छिन् । ९ दिन अघि भलायडाँडा गाविस–३ विजनबारीका श्रीमान् जीवन मोतेको कुटपीटबाट २३ वर्षिय श्रीमति सरिता मोते घाइते बनेकी थिइन । श्रीमानको कुटाईबाट श्रीमतिको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते श्रीमतिलाई विराटनगरको लाइफ गार्ड अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । पुस १ गते वि...

कन्याममा घोडा व्यवसाय फस्टाउँदो

इलाम, ९ पुस । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन । घोडामा चढाएर पर्यटक डुलाउनमै उहाँ व्यस्त हुनुहुन्छ । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ । घोडा चढेर पर्यटक रमाउन...

फरार अपराधी पक्राउ

लहान, ९ पुस । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र महरालाई पक्राउ गरिएको हो । अदालतको फैसलापछि फरार महराला...

सक्रान्ति अग्नि पिडितका लागि रु २ लाख ९ हजार १ सय १८ रुपैया रकम संकलन

पाँचथर,९ पौष /तेह्रथुमको सक्रान्ति वजारमा भएको आगलागी पिडितका लागि सामुदायिक प्रहरी सेवा केन्द्र पाँचथरले २ लाख ९ हजार १ सय १८ रुपैया रकम संकलन गरेको छ ।फिदिम वजारका ब्यवसायि,सर्वसाधरण बाट गरेर उक्त रकम संकलन गरिएको केन्द्रका पाँचथर जिल्ला सचिव गुरुराज तिम्सिनाले जानकारी दिनुभयो । संकलन भएको उक्त रकम शनिबार घटनास्थलमै पुगेर अग्नि पिडितहरुलाई दिइने...

सङ्खुवासभामा खानेपानीको समस्या

संखुवासभा, ८ पुस । सङ्खुवासभाका मुख्य बजारमा खानेपानीको समस्या रहेको छ । जिल्लाको बढी जनसङ्ख्या रहेको चैनपुर र खाँदबारी नगरपालिका तथा तुम्लिङटार, आँखीभूई गाविसलगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ । जिल्लाको उच्च स्थानमा रहेका यी बजार छेउमा खानेपानीको स्रोत नहुँदा समस्या देखिएको हो । चैनपुर नगरपालिका– ८ की विष्णुमाया श्रेष्ठ बिहान– ४ बजे उठे...

सङ्खुवासभामा खानेपानीको समस्या

संखुवासभा (चैनपुर), ८ पुस । सङ्खुवासभाका मुख्य बजारमा खानेपानीको समस्या रहेको छ । जिल्लाको बढी जनसङ्ख्या रहेको चैनपुर र खाँदबारी नगरपालिका तथा तुम्लिङटार, आँखीभूई गाविसलगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ । जिल्लाको उच्च स्थानमा रहेका यी बजार छेउमा खानेपानीको स्रोत नहुँदा समस्या देखिएको हो । चैनपुर नगरपालिका– ८ की विष्णुमाया श्रेष्ठ बिहान– ४...

भूकम्पपीडितको लगत प्रमाणीकरण सुरु

सोलुखुम्बु, ८ पुस । विनाशकारी भूकम्प गएको २० महिनापछि सोलुखुम्बुमा आवास निर्माण अनुदान वितरणका लागि भूकम्पपीडितको लगत प्रमाणीकरणको काम सुरुवात भएको छ । आज सदरमुकाममा पुनःनिर्माण प्राधिकरणका सदस्य धु्रवप्रसाद शर्माको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका पीडितको लगत सङ्कलन तथा प्रमाणीकरणको काम सुरु गरिएको छ । यही हप्ता जिल्लामा तथ्याङ्क क...