पाँचथरमा मजदुरलाई घर जान प्रक्रिया वढाइयो

पाँचथर / सरकारले गरेको लकडाउनका कारण पाँचथर जिल्लाका विभिन्न आयोजनाहरुमा कार्यरत अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पुर्याउनका लागि तयारी अघि वढाएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका बिभिन्न ठाउँमा निर्माण कार्यमा रहेका कामदारलाई सम्बन्धित ठाउँमा पुर्याउनका लागि मार्ग खुल्ला गरेको हो । कामदार लैजानका लागि आवश्यक कागजात बनाउन ...

घरमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून

खोटाङ / कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो । दश स्थानीय तह रहेको जि...

कोरोनाविरुद्ध भोजपुरमा उच्च सतर्कता

भोजपुर / कोरोना भाइरस नियन्त्रणका लागि भोजपुरमा पनि उच्च सतर्कता अपनाइएको छ । लकडाउनलाई जिल्लामा कडाइका साथ कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सवारी साधन भित्रिने नाका धनकुटा र भोजपुरको सिमाना लेगुवाघाट, संखुवासभा र भोजपुरको सिमाना सटिघाट, भोजपुर र खोटाङको सिमाना चखेवाभञ्याङ, जिल्लालाई दक्षिणी क्षेत्रबाट उदयपुरसंँग जो...

धरानमा लक डाउन थप कडा, आजबाट युवा समेत परिचालन

धरान / लक डाउनको सातौ दिन सबैतिर कडा पारिदै गएको छ । यस्तै धरानमा समेत आजबाट लकडाउन कडा पारिएको छ । लकडाउनको छैठौ दिनसम्म विहान ३ देखि ६ बजेसम्म धरानको पालिका तरिकारी बजारमा तरकारी किन्ने व्यवस्था गरिदा अत्याधिक भीड बढेको भन्दै आजबाट त्यहा कडाइ गरिएको छ । अत्यावश्यक तरकारीका लागि अहिले धरान १३ कृषि बजारबाट मात्र उपलब्ध हुने गरी मिलाइएको इलाका प्रहर...

आगलागीबाट २० लाख बराबरको क्षति

ओखलढुङगा / ओखलढुङगाकाे सुनकोशी-१० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ । साेमबार बिहान ०७ बजे बास्तोलाको घरमा बिधुत सट भई आगलागी हुदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्य...

सडकमा खटिएका सुरक्षाकर्मीलाई पानी र विस्कुट

उदयपुर / शुक्रबार र शनिबार लकडाउनका कारण सुनसान उदयपुरको सदरमुका गाईघाट लगायत आसपासका बजारम डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी जवानहरुलाई जलजलेका युवाहरुले विस्कुट, पानी, माक्स र पञ्जा बाँडेका छन् । एउटा हातमा मिनरल वाटर, विस्कुटको झोला । अर्कोमा माक्स र पञ्जा भिन्नाभिन्नै पोका । ‘लकडाउन अवज्ञा गर्दै हिँडेकाहरुलाई प्रहरीले नियन्त्रणमा ल...

प्रदेश १ का बिभिन्न जिल्लामा भएका घटनामा ४ जनाको मृत्यु

बेलबारी / प्रदेश १ का बिभिन्न जिल्लामा भएका घटनामा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको ज्यान गएको हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ४ का ५२ बर्षीय मिनबहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो । उदयपुरको उदयपुरगढी गाउँपालिका– ५ का कृष्णबहादुर राईको घरबाट लडेर मृत्यु भएको हो । शनिवार बेलु...

कोभिड –१९ को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न समिति गठन

विराटनगर / प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिबार बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन गरेको छ । यसैगरी बैठक...

प्रदेश १ मा स्वास्थ्य सम्बन्धि समस्या भए परामर्शका लागि यी स्वास्थ्यकर्मी तयार ( सम्पर्क नम्बर सहित)

इटहरी । कोरोना भाईरसको महामारीका कारण मुलुक अहिले लकडाउनको अबस्थामा छ । लकडाउनको पाँचौ दिन सम्म आईपुग्दा स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर आफनो पेशामा तल्लिन छन । प्रदेश १ का बिभिन्न जिल्लामा भएका स्वास्थ्यकर्मीहरुको सम्पर्क नम्बर यहाँहरुको सहजताका लागि हामीले उपलब्ध गराएका छौ । डा. गोबिन्द कँडेल (मेची अस्पताल, भद्रपुर झापा)  ९८४५०४८३८८ डा. म...

अस्पतालको आइसोलेसनमा राखिएका बिरामी भागे

उदयपुर / उदयपुरमा कोरोना भाइरस संक्रमण आशंका गरिएका एक बिरामी कटारी अस्पतालको आइसोलेसनबाट भागेका छन्। ताप्ली गाँउपालिका घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती आइसोलेसनबाट भागेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले जानकारी दिए। उनले भने, ‘फरार व्यक्तिमा ९९.३ डिग्री फरेनहाइट ज्वरो मापन गरी अस्पतालको आइसोलन बेडमा राखी उपचार भइरहेको थियो।' कीर्तिमान शन...