मोरङको सुन्दरहरैचामा बुहारी माथी खुकुरी प्रहार गर्ने जेठाजु पक्राउ

मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका(१ स्थित कुमार गाँउमा धारीलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन । आज दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३६ का निर बहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाल लाई शरिरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खट...

पोखरीमा डुबेर सिरहामा बालिकाको मृत्यु

सिरहा / पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो । पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्...

इटहरीका मेयरले डोजर लगाएर भत्काए आफ्नै घरको पर्खाल (तस्विरहरू सहित)

इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नो घरको पर्खाल भत्काएका छन । पछिल्लो समय मेयर चौधरीको घरको पर्खाल बाटोमा परेको भन्दै बिरोध भइरहेको थियो । मेयर चौधरी सार्वजनिक जग्गा खाली गर्ने अभियानमा लगेका छन् । मेयरको घरनै सार्वजनिक जग्गामा परेपछि आफनै घरको पर्खाल भत्काएर उनले सो अभियान शुरु गरको हुन । मेयरको घरबाटै अभियान शु...

३५ लाख खर्च गरेर बनाइएको डीप बोरिङ सञ्चालनमा आएन

विराटनगर / मोरङको सुुनवर्सी नगरपालिका–५ बनकोलमा निर्माण गरिएको डीप बोरिङ प्रयोगविहीन बनेको छ । डीप बोरिङ सञ्चालनमा नआउँदा कृषक मार्कामा परेका छन् । मध्य बर्खामा खेति गर्ने समयमा पनि डीप बोरिङले काम नगर्दा कृषक आकासे पानीका भरमा खेति गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर ५ का तत्कालिन सभासद् शिवकुुमार मण्डलको संसद विकास कोषको ३५ लाख रुपैयाँको लगानीमा त...

५४ लाख लागतमा सप्तरीको लौनियाँमा झोलुङ्गे पुल निर्माण सम्पन्न

राजविराज । सप्तरीको लौनियाँमा झोलुंगे पुल निर्माण सहयोग एकाइ (ट्रेल ब्रिज सपोर्ट युनिट) बर्दिवासले रू. ५४ लाख लागतमा पुल निर्माण सम्पन्न गरेको छ । पुलको लम्बाइ ६४ मिटर तथा चौडाइ २ मिटर छ । ठूला पूल निर्माणमा धेरै लगानी लाग्ने हुँदा सानो लगानीमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा पुल निर्माण गरिएको निर्माण एकाइले बताएको छ ...

मोटरसाइकलले ठक्कर दिंदा खड्गीको मृत्यु

विराटनगर / मोटरसाइकलले साइकललाई ठक्कर दिंदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको हो । प्रहरीका अनुसार बाटो काट्ने क्रममा बुढीगंगा–४ मा डेरा गरेर बस्ने खड्गीले चलाएको सा...

मोरङमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

विराटनगर / मोरङको बुढीगंगा–४ मा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । को २८ प २९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भोजपुर घर भई हाल बुढीगंगा–४ मा डेरा गरि बस्ने ३४ वर्षीय लोकबहादुर खड्गीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते खड्गीको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बाटो काट्ने क्रममा मोटरसाइकलले साइकललाई ठक्क...

झापामा सर्पको टोकाइबाट बालिकाको मृत्यु

झापा / झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंको टोकाइबाट मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुताकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घर कोठामा सुतिरहेकी बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको प्रहरीले जनाकारी दिएकाे छ । राति २ बजे निरुतालाई सर्पले टोकेको थाहा पाएपछि त...

इटहरीमा स्कुटर दुर्घटना

इटहरी / इटहरी – २ आँपगाछीमा स्कुटर दुर्घटना भएको छ । को ११ प ४२१६ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएकाे हो । दुर्घटना हुँदा स्कुटर चालक आँपगाछीका आवेश ढुङ्गाना घाईते भएको प्रहरीले जनाएको छ । ढुङ्गानाको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या अभियोगमा खोटाङ कारागार रहेकाले सुदीप मृत अवस्थामा फेला

खोटाङ / जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी झुण्डिएको अवस्थामा फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । आइतबार साँझ समूहमा नदेखिएपछि खोजी गर्दा कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परे...