धादिङका हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

इटहरी / नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। विभिन्न चरण हुँदै इटहरीका सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

तपाईको प्रतिक्रिया

Loading…