​पत्रकार हिमाल दाहालकाे निर्देशन तथा छाँयाकन रहेकाे ‘पर्खाइमा’ सार्वजनिक (भिडियो सहित)

इटहरी । ​पत्रकार हिमाल दाहालले निर्देशन तथा छाँयाकन गरेकाे  म्युजिक भिडियो ‘पर्खाइमा’ सार्वजनिक भएकाे छ । विशाखा भट्टराईको  स्वर, संगीत तथा लेखन रहेकाे उक्त गीत  न्यूजलय डट कमको युट्युब च्यानल मार्फत् सार्वजानिक गरिएकाे छ । इटहरी स्थित पाथिभरा डिजिटल रेकर्डिङ स्टुडियोमा  रेकर्ड गरिएकाे उक्त  गीतको म्युजिक भिडियोको सम्पादन भने रोहित खनालले गरेका हुन् । खाद्य विज्ञानमा स्नातक उत्तीर्ण गरेकी विशाखाकाे याे पहिलाे गीत हाे ।

 

Purbeli TV

तपाईको प्रतिक्रिया