५ औं मिस्टर मोरङलाई सम्मान

पथरी / ५ औं मोरङ जिल्ला स्तरिय शारिरिक सुगठन प्रतियोगिताको उपाधी जित्न सफल आफ्ना खेलाडीलाई पथरी फिटनेस कल्वले सम्मान गरेको छ । शनिवार बिराटनगरमा सम्पन्न ५ औं मोरङ जिल्ला स्तरिय शारिरिक सुगठन प्रतियोगितामा पथरी फिटनेस कल्वका संजिब मगर पहिलो, अजय मल्लिक दोस्रो र योगेश लिम्बुले तेस्रो स्थान हात पारेका थिए ।

मोरङ्ग शारीरिक सुगठन तथा फिटनेस संघले ४ समुह चरणमा गरेको प्रतिष्पर्धामा पथरीशनिश्चरेले ३ बिधामा प्रथम हुदै फाइनल राउड प्रबेश गरेका थिए भने फाइनलमा प्रथम, दोस्रो र तेस्रो पथरी फिटनेस क्लवले हात परेको थियो । मगरले ७० केजि समुहमा, मल्लिकले ५५ केजि र लिम्बुले ६५ केजिमा स्वर्ण पदक जितेका थिए । मगरले ट्रफी सहित ५१ हजार, मल्लिकले २५ हजार र लिम्बुले ११ हजार रुपयाँ समेत जितेका हुन । पत्रकार सम्मेलनमा खेलाडीले आफ्नो प्रतिभा समेत प्रदशन गरेका थिए ।

खेलाडीले अथक प्रयासले मोरङ भरीका ८ क्लबका २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकोमा खेलाडीहरुलाई फिटनेश क्लबका संचालक गणेश नेपालीले बधाई दिएका थिए । पत्रकार सम्मेलनमा बोल्दै पथरीशनिश्चरे १ का वडा अध्यक्ष बाबुराम एङदेनले उपाधी बिजेता खेलाडीले नगरकै शान राखेको बताए । १ बर्ष अघि पथरीबजारमा स्थापना भएको फिटनेश क्लबले खेलाडीहरुलाई प्रसाहन गर्दै संचालन भैरहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

फागुन १७ देखि लेटाङ्ग एक्स्पो हुने

एन प्याव्सन स्पोट्सको उपाधी पिनाकललाई

स्थानिय सरकारले नाताबाद हेर्यो कृषक हेरेन

ग्रिल तथा स्टिल ब्यावसायी संघको पहिलो अधिबेशन सम्पन्न

शहीद दिवशमा दिप प्रज्वलन

छानविन समिति प्रतिवेदन नबुझाउने, छानविनमा परेका इन्जिनियरले काम गरिरहने

प्याब्सन स्पोर्टस्को उपाधी पुर्वाञ्चल एकेडेमिलाई

स्वर्ण महोत्सवमा राष्ट्रपति आउने

पूर्वका यि शहरहरूमा द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट

असल अभिभावक, शिक्षक र बिध्यार्थी संबन्धी ३ दिने प्रशिक्षण सम्पन्न ।

तपाईको प्रतिक्रिया