‘३’लाई बिशेष बनाउदै सार्बजनिक भयो चर्चित गीत ‘तिम्ले बाटो फेर्यौ अरे’को दोश्रो भाग (भिडियो सहित)

ईटहरी/ नेपालि रंगिन दुनियामा कुनै पनि कुरा अर्थात फिल्म हिट भयो भने त्यसको सिक्येल निकाल्ने चलन धेरै अघि देखि चलिआएको छ । यो चलनमा संगीत दुनिया पनि पर जान सकेको छैन । कुनै गीत हिट भयो भने त्यसको सिक्येल नेपालि गीतमा पनि निकाल्ने गरिएको कुरा कुनै नौलो भने पक्कै हैन । नेपालि सुगम सांगीतिक आकाशमा मेलिना राई नबिर्सिने नाम हो । बालबालिका देखि बृद्धबृद्धा सम्मले चिन्ने मेलिनाको केहि पुरानो एक गीतको दोश्रो भाग भर्खरै सार्बजनिक भएको छ ।

‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको सुपरहिट गीतको दोश्रो गीत तथा भिडियो युट्युबमा सार्बजनिक भएको हो । दोश्रो भागलाई केहि बिशेष बनाएर सार्बजनिक गरिएको छ । आजकै दिन अर्थात २०१५ को डिसेम्बर ३ मा मनोरंजन नेपाल युट्युब च्यानलबाट ‘तिम्ले बाटो फेर्यौ अरे’लाई सार्बजनिक गरिएको थियो । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया