२५ औं मिस नेपाल को लागि धरानमा अडिसन हुदै

धरान / बैसाखमा आयोजना हुने २५ औं मिस नेपालको लागि प्रतियोगीहरु छनौट गर्न आयोजक हिडन ट्रेजरले आगामी चैत्र ५ गते मंगलबार धरानको होटलगजुर प्यालेसमा मिस नेपाल २०१९ को अडिसन कार्यक्रम राखेको छ ।

प्लस २ पास युवतीहरुले भाग लिन पाउने मिस नेपाल २०१९ को अडिसन अघि धरान र इटहरीको कलेजहरुमा मिस नेपाल २०१८ सहित कलेज एक्टिभेशन गरिनेछ भने चैत्र ४ गते मिस नेपाल तथा सौन्दर्य प्रतियोगिता र यसबाट लिन सकिने फाइदाको बारेमा निशुल्क क्लास समेत दिने हिडन ट्रेजरको निर्देशक प्रमोद कंसाकारले बताउनुभयो । अडिसन सोहि दिन निशुल्क फारम भरेर दिन सकिनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…