२० बर्ष पछि बिर्सिएका यादहरुले…

बिर्सिएका यादहरुले आज किन सताउंछ
भुलेका व्यथाहरुले मलाई किन झस्काउंछ

धरानमा २ दशकअघि थुप्रै ब्याण्डहरु सक्रिय थिए । त्यसमध्ये जेलर्स ब्याण्ड र मिक्स मेलोडी ब्याण्डले नेपाली संगीत क्षेत्रमा धरानबाट प्रतिनिधित्व गर्दथ्यो ।उनीहरु त्यो समयमा कन्सर्टको लागि नेपालका बिभिन्न सहर हुदै हंगकंग सम्म पुगेका थिए । जेलर्स ब्याण्ड बाट गायक मनोज मोते आजपनि संगीत संयोजक तथा वाल्किंग क्लाउड ब्याण्डको भोकलिस्टको रुपमा सक्रिय छन् भने मिक्स मेलोडी ब्याण्डको गीतारिस्ट मणि लिम्बु र बिकाश सुब्बा धरानमा नै आफ्नो व्यवसाय संगै संगीत क्षेत्रमापनि सक्रिय नै छन भने मिक्स मेलोडी ब्याण्डको गायक संजिव लामा भने परिवार संगै हंगकंग बसोबास गर्छन ।

हंगकंगमै रहे पनि समय – समयमा गित तथा म्युजिक भिडियो निकाली रहने गायक संजिव लामाले आफ्नो ब्याण्ड मिक्स मेलोडीको ड्रमर महेन्द्र राईको सम्झनामा आफ्नो ब्याण्डको पहिलो अल्बम बिर्सिएका यादहरुले को बिर्सिएका यादहरुले बोलको गीतलाई अन्प्लगड भर्शनमा रेकर्ड गरि धरान आएको मौकामा पुराना साथी भाईहरु संगै एउटा म्युजिक भिडियो समेत तयार गरेका छन् । बुद्ध थापाको छायांकन तथा सम्पादनमा धरानको फ्रेन्ड्स गार्डेनमा खिचिएको भिडियोले पुरानो दिनलाई ताजा बनाएको र भर्खरै दिवंगत ड्रमर महेन्द्र राई प्रति समबेदना रहेको गायक संजिव लामा बताउछन् ।

तपाईको प्रतिक्रिया

Loading…