होलीमा प्रमोद सँगै झुम्यो बेलबारी

बेलबारी । पछिल्लो पुस्ताका चर्चित गायक प्रमोद खरेल सँगै होलीमा बेलबारी झुमेको छ । बिहिबार होलीका अबसरमा आयोजित कार्यक्रममा खरेलले मेरो दिल छ पोखरामा,हंगामा भो,लाईदेउ न मायाले लगायतका आधा दर्जन बढी गितहरु गाएर उपस्थित दर्शकलाई भरपुर मनोञ्जन दिए ।

होली बिशेष कार्यक्रममा उनीसँगै स्थानीय गायकहरुले समेत आफनो प्रस्तुति दिए । बेलबारी जेसिजले कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया