‘हेल्लो जिन्दगि’को लागि लन्डन पुगेकी श्वेतालाई ट्यूमर, अचानक शल्यक्रिया

ईटहरी/ अभिनेत्री श्वेता खड्काले फिल्म ‘हेल्लो जिन्दगि’को गर्न नपाएकोमा दुख ब्यक्त गरेकी छिन । उनले आफ्नो फेसबुक पेजमा एक लामो स्टाटस र केहि तस्विर सार्बजनिक गर्दै यो कुराको जानकारी गराएकी हुन् । फिल्मको सुटिङका लागि उनि लन्डन पनि पुगेकी थिइन् तर गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको थियो । सो शल्यक्रिया सफल भएको पनि उनले उक्त पोस्टमा जानकारी गराएकी छन् ।

श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

केही दिन सुटिङ गरेपछि उनि अस्वस्थ बनेकी थिइन् । फिल्मको लागि लन्डन पुगेका उनमा समस्या देखिपछि तत्कालै नयाँ दिल्ली ल्याइयो । नयादिल्लीमा डा. सुरेन्द्र कुमार दवासले उनको सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…