हिन्दीमा दिपक बज्राचार्यको‘मनमगन’ सार्वजनिक (भिडियो सहित)

चर्चित नेपाली पप गायक दिपक बज्राचार्यको केहि समयअघि सार्बजनिक भई चर्चामा रहेको गीत ‘मनमगन’ अहिले हिन्दीमा पनि सार्वजनिक भएको छ । गायक दिपक बज्रचार्यको यस सार्वजनिक यस हिन्दी भर्सन गीतलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले सार्वजनिक गरेको छ । नेपाली मौलिकता र सस्कृति बोकेको यस गीत हिन्दी भाषामा गीत रिलिजसँगै भारत कै डान्स रियालिटी सो डान्स प्लस फोरमा पनि नेपाली प्रतियोगीले नेपाली भेषभुषामाइ यस गीतमा नृत्य गरेका छन ।

८ वर्ष अघि उनले सुरु गरेको ‘क्रीम अफ रीदम’ अभियान अन्तर्गत मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी ‘मेड्ली’ रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ भने संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौ ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया