हिट गीत ‘साईली’को झल्को दिने ‘खाडी देश’, शिल्पा र गौरभको दमदार अभिनयले सबैको आँखा रसाउछ (भिडियो सहित)

ईटहरी/ वैदेशिक रोजगारीले नेपाली सामाजिक जनजीवन र परिवारमा परेका सकारात्मक प्रभाव र नकारात्मक असरलाई नेपाली सङगीत र साहित्यले नजिकबाट केलाउने क्रम जारी छ । सोही क्रममा ‘साईली’ गीतले नेपाली साङितिक उधोगमा एउटा छुट्टै ईतिहास कायम गर्यो । हाल त्यस्तै झल्को लाग्ने अर्को गीत सार्बजनिक भएको छ । जस्मा साईली भिडियोमा साईलाको भुमिका निर्वाह गर्ने गौरभ पहारी फिचर छन् भने नायिका शिल्पा पोख्रेलले साथ दिएकी छिन् । हेर्नुस् भिडियो ।

गायक प्रतिप भट्टराईको आवाजमा रहेको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्बजनिक भिडियोमा साईलिकै कथा मिल्दोजुल्दो छ । यता गौरभ र शिल्पाको जिवन्त अभिनयले आँखा रसाउछ ।

गीतमा शब्द नारायण प्रसाद निरौला र गाकयकै रहेको छ भने संगीत संयोजन गणेश चौलागाईले गरेका छन् । संगीत गायकले नै भरेका छन् । भिडियोमा गौरव पहाडी, सिल्पा पोखरेल संगै सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई क्रान्ती केसीले निर्देशन गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…