हिटगीत ‘सुन साईली’को कथामा बनेको फिल्म ‘साईली’को फर्स्टलुकमा मेनुका मात्रै, अटेनन् गौरभ

काठमाडौँ/ ‘साँइली’ बोलको गीत यति हिट भयो कि जसले नेपालि संगीत क्षेत्रमा नया रेकर्ड नै राखेको थियो भने सो गीत सुनेर आसु नझार्ने सायदै कम थिए । सोहि गीतका गायक हेमन्त राना र अभिनेता गौरव पहारी मिलेर ‘साँइली’ फिल्म निर्माण गरेका छन् । ‘साँइली’ बाट नै सापटी लिएर बनाइएको फिल्म ‘साँइली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा अभिनेत्री मेनुका प्रधान मात्र फिचर्ड छिन । बैदेशिक रोजगारीको कथा भन्ने फिल्ममा मेनुकाको जोडीको रुपमा गौरव नै छन् । गीतमा यी दुइको जोडीलाई दर्शकले एकदमै रुचाएका थिए । फिल्ममा अभिनेता दयाहाङ राई पनि प्रमुख भूमिकामा छन् ।

चैत्र १५ लाइ प्रदर्शन मिति तय गरेको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, कृपा सिंह, अरुण कार्की लगायतका कलाकारको अभिनय छ रहेको छ । फिल्मको निर्माताको रुपमा विशाल गुरुङ र मोहन राना मगर छन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता मणिराज पोखरेल हुन् । फिल्ममा रामबाबु गुरुङको लेखन/निर्देशन, कालीप्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, निमेष श्रेष्ठको सम्पादन शैलेन्द्र डि. कार्कीको छायांकन रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया