हिउभित्र अभिनेता सुनिल थापा, देखियो यस्तो अवतार

काठमाडौं / गएको १५ दिनदेखि मनाङको माइनस डिग्री चिसोमा छायांकन भैरहेको फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको निर्माण टिमले शुक्रबार ‘राते काइँला’ को रुपमा परिचित सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा कलाकार थापालाई फरक अवतारमा देख्न सकिन्छ । भारी हिउँ परिरहेको समयमा उनी टाढाको यात्रामा निस्किएको पोस्टरबाट अनुमान गर्न सकिन्छ । बाक्लो कपडा लगाएका उनले एक पोस्टरमा पौराणिक बाजा (ड्रम) बजाएका छन् । उनको फरक अवतारले दर्शकमा चलचित्रप्रति कौतुहलता पैदा गर्ने देखिन्छ । तर, निर्माण टिमले उनको भूमिका भने खुलाएको छैन ।

छायांकनमा जानुभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको यो चलचित्रमा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । भने, उनको अपोजिट अर्थात् ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ छिन् । चलचित्रमा अनुभव रेग्मीलाई अभिनेता प्रदीपको बाल्यकाल (प्रेम) र योगीशा खत्रीलाई अभिनेत्री क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा देख्न पाइनेछ ।

चैत २८ मा प्रदर्शन हुने ‘प्रेमगीत ३’ मा प्रेम पुरी, लक्ष्मी बर्देवा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन छ । सन्तोषकै निर्माण रहेको ‘प्रेमगीत ३’ डेढ सय वर्ष पुरानो प्रेमकथामा निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

Loading…