हालसम्मकै महँगो नेपाली फिल्ममा सन्नी लियोनीको आईटम, लिइन् यति धेरै पारिश्रमिक (११ तस्विरहरू)

इटहरी/ पोर्न स्टारबाट आफ्नो पुरानो छवि मेटाउन बलिउड प्रवेश गरेकी सन्नी लियोनी अन्ततः छोटो समयमा नै पनि बलिउडमा जम्न सफल भईन । यसैले पनि उनको पुरानो छवि धेरै मात्रामा मेटिएको मान्न सकिन्छ । उनी बलिउडमा मात्र हैन अब कलिउडमा पनि देखिएकी छिन् । अर्थात उनले हालै एक नेपाली फिल्मका लागि नृत्य गरेकी छिन् । महङ्गो पारिश्रमिकका साथ उनले ‘पासवर्ड’ फिल्ममा आइटम नृत्य गरेकी हुन् । जुन कुरा भर्खरै निर्माण टिमले सार्बजनिक गरेको तस्वीरहरुले पनि बताउछ ।

उनी नाचेको गीतको टाईटल नै ‘सन्नी हो नाम मेरो’ रहेको छ । गीतको छायाङ्कनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च गरेको छ । सन्नीको उक्त डान्समा सलमान खान देखि शाहरुख खान, अक्षय कुमार जस्ता बलिउड स्टारका फिल्महरूमा नृत्य निर्देशन गरिसकेका विष्णुदेभाले कोरियोग्राफ गरेका छन् । लन्डनमा छायांकन भएको उक्त भिडियोको लागि सन्नी सहित ७ जनाको टोलि त्यहा पुगेको थियो ।

पछिल्लो समय झन्डै २ नेपाली फिल्म निर्माण गर्न लाग्ने बजेट २ करोड भारतिय रुपैयाँमा सन्नी सहित टिम नाच्न तयार भएका हुन् । यो गीतको लागि मात्र ५ करोड नेपाली रुपैयाँ खर्च भएको निर्माण टीमको भनाई छ । यसैले पनि हालसम्म कै सर्वाधिक लागत भएको नेपाली गीत बनेको छ भने यो गीत समाबेश हुने फिल्म पनि नेपाली सिने उधोगमा सर्वाधिक लागतको फिल्म बनेको छ ।

सन्निलाई २ सय बढिले नृत्यमा साथ दिएको उक्त गीतको भिडियोमा भारत र बेलायतका नृत्यकर्मीहरु पनी फिचर भएका छन् । साढे ४ मिनेटको सो गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् । २ दर्जन भन्दा बढी फिल्महरुमा द्वन्द्व निर्देशन गरेसकेका सम्राट बस्नेतले यो फिल्म ‘पासवर्ड’लाई निर्देशन गर्दैछन् । उनको यो ठूलो पर्दाको नेपाली फिल्ममा डेब्यु निर्देशन हो । उनले लुक्स आउट नगर्ने भन्दै अन्य कलाकारहरुको भने तस्वीर सार्बजनिक गरेका छैनन् ।

फिल्ममा सन्नी सो गीतमा मात्र देखिन्छिन भने फिल्ममा विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । प्रदर्शन मिति हाललाई तय नभैसकेको ‘पासवर्ड’लाई ए बी इन्टरनेशनलको ब्यानरमा निर्माण गरिदै छ । बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । एक्सन थ्रिलर जनरामा निर्माण हुँदै गरेको यो फिल्मलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको संयुक्त लगानी रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया