हतुवागढी कला, साहित्य महोत्सवको तयारी तिव्र

नडाहा । पछिल्लो समय भोजपुरको दक्षिण क्षेत्र साहित्यमय बन्ने क्रम तिव्र छ । सोही क्रममा आगामी जेठ ३१÷३२ गते आयोजना हुने हतुवागढी कला ÷साहित्य महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

हतुवाली कला÷साहित्य÷संस्कृति प्रतिष्ठान हतुवागढीको आयोजनामा दुई दिन सम्म चल्ने सो महोत्सवमा देशका ख्याति प्राप्त कवि लेखक पत्रकारहरुको उपस्थिती हुने छ भने महोत्सवको रौनक बढाउन ख्याती प्राप्त कलाकारहरु फुलन्देकी आमा, लिला राई, हिरन राईको प्रस्तुती समेत हुने छ । भाषाशास्त्री प्राध्यापक डा. टङ्कक न्यौपानेको प्रमुख आतिथ्यमा हुने पहिलो दिनका कार्यक्रममा साहित्य र संगीतमा विशेष योगदान दिने दूइ जना मुर्धन्य व्यक्तित्वद्वय कवि श्रीशीशा राईलाई हतुवागढी साहित्य सम्मान र संगीतकर्मी राम थुलुङलाई हतुवागढी संगीत सम्मानद्वारा सम्मान गरिने छ ।

खुल्ला कविता प्रतियोगिता तथा प्रतिनिधी कविता वाचन हुनेछ । देश भरीबाट आएका झण्डै २ सय पाँचवटा कविताहरु बाट उत्कृष्ट १० छनोट गरिने र सोही १० कवि बिच प्रतियोगिता हुने छ । छनोटको प्रकृया अन्तिम चरणमा पुगेको साहित्यसेवी बिश्वजित राईले बताएका छन् । कविता प्रतियोगिताको विजेताले १५,००० प्राप्त गर्ने छ भने दोश्रा,े तेश्रो र सान्त्वनाले क्रमशः १०,०००, ५,००० र ३००० प्राप्त गर्ने छ । सोही दिन कुन्ता शर्मा, रमेशचन्द्र अधिकारी, राजेश विद्रोही, राजन इशारा, प्रकाश दिप्साली, माया मितु न्यौपाने लगायतले अतिथी कविता तथा गजल वाचन गर्ने छन् ।

महोत्सवको दोश्रो दिन खुल्ला नृत्य प्रतियोगिता हुनेछ । विजेताहरुले कविता प्रतियोगिताकै राशी सरह पुरस्कार प्राप्त गर्ने छन् । नृत्य प्रतियोगीताका अवसरमा पुर्वकै स्थापित नृत्य प्रशिक्षक नगेन्द्र राई लगायतको उपस्थिती हुनेछ । फुलन्देकी आमा, लिला राई र हिरण कुलुङ राई लगायत कलाकारहरुको विशेष प्रस्तुति रहने छ । कार्यक्रम हतुवागढी–४ फलामढुङ्गामा हुने तय भएको छ । कार्यक्रम सफल पार्न हतुवागढी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । बाँकी सहयोग शुभेच्छुकहरुबाट जुटाइएको प्रतिष्ठानका अध्यक्ष कृपालसिं राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…