हट मोडल माला लिम्बु सडकमा उत्रेपछि

काठमाडौं । भिन्न शैलीका गीत गाउन रुचाउने गायक हुन् भुवन प्यासी । गायक प्यासीको नयाँ गीत ‘ट्राफिक जाम’को भिडियो उनले यतिबेला सार्वजनिक गरेका छन् । जसमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ । ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ ।

शिव विकले निर्देशन गरेको यो भिडियोले सांगीतिक बजारमा चलेका गीतहरुको ट्रेन भन्दा केही फरकपना दिने कोशिस गरेको गायक प्यासी बताउँछन् । मोडल लिम्बुका माध्यबाट गायक प्यासीले वैशाँलु उमेरका युवतीको सुन्दरताको वर्णन गर्दै उनकै कारण शहरका चोकमा ट्राफिक जाम भएको कुरालाई उठाएका छन् । निशान घिमिरेको सम्पादन रहेको भिडियोलार्इ अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...