हङ्कङ एकल साँझमै मँनाए, आनन्दले जन्मदिन

हङकङ । सुगम संगित र आनन्द कार्की एक अर्काका लागि पर्यायवाची नै हुन् । विभिन्न भाषाका तीनहजार बढि गीतमा आफ्नो कर्णप्रिय आवाज दिईसकेका कार्कीको क्रेज अहिले पनि उस्तै छ । हङकङ महिला अगुवा संघले आयोजना गरेको “आनन्द कार्की एकल साँझमा” यो क्रेज देखिएको हो । हङ्कङ स्थित कङ्गन रेष्टुरेन्टमा आयोजना गरिएको एकल साँझमा कार्कीले आफ्ना चर्चित दर्जन बढि गीत प्रस्तुत गरेका थिए । राष्ट्रिय गीत ‘मेरो देश’ बाट शुरु भएको प्रस्तुतीमा ‘यि हल्लाहरु हुन्’, ‘गए जाला ज्यान’, ‘पर्दा पछाडी’, ‘लाग्छ मन हेरु रँहु’, ‘सुनसान रातमा’ लगायत चर्चित गीत, गजल प्रस्तुत गरेका थिए ।

आफ्ना प्रिय फ्यानहरुबीच प्रस्तुत एकल साँझमा उनको हरेक गीतमा मन्त्रमुग्ध हुँदै हङ्कङेलीहरु झुमिरहेका थिए । पछिल्लो समय एल्बम लभ यु फरयबरमा समाविष्ट ‘सुनसान रातमा लेखेको कहानी हरायो’ गजल गीतबाट आनन्द चर्चामा छन्, संजिवनीको फिचरिङ्मा तयार गीतले हङ्कङमा पनि राम्रै चर्चा पाएकोे थियो ।

मध्यरात सम्म गीत र गजलको प्रस्तुतीमा डुविरहेका कार्कीलाई आयोजक हङकङ महिला अगुवा संघले जन्मदिनको केक काटेर सरप्राईज दियो । एकल साँझ र जन्मदिनको संयोगसँगै परेकाले सांगीतिक प्रस्तुतीसँगै जन्मदिनको उत्साह पनि भयो आनन्द बताउँछन्, “हङ्कङेली दर्शकहरुबाट पाएको मायाले मलाई अझै नेपाली संगितमा निरन्तर लाग्ने प्रेरणा मिलेको छ” । कार्की एक साता अघि नेपाल हिन्दु एसोसियसनले आयोजना गरेको गजल तथा भजन साँझमा आएका हुन् । उनीसँगै पत्रकार तथा कलाकार शिरोमणी दवाडी, नगेन्द्र श्रेष्ठ, मोहन सिलवाल लगायत हङ्कङ आएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...