हङ्कङमा पाथिभरा साँस्कृतिक साँझको तयारी

pathibhara-sanjh

पाथिभरा क्लव हङ्कङको आयोजनामा “पाथिभरा साँस्कृतिक साँझ –२” हुने भएको छ । आईतबार क्लबले जानकारी भेलाको आयोजना गरि उक्त कुरा बताएको हो । शिक्षा, खेलकुद तथा दैवि प्रकोप सहयोगका लागि अक्षयकोष स्थापनार्थ आयोजना गर्न लागिएको साँस्कृतिक साँझमा कलाकारहरु गायक दिपक लिम्बु, मिलन अमात्य, शिला राई, रुकमान लिम्बु हास्यकलाकार गणेश ईशारा राई, नृत्यङ्गना आयुस्ना राई (मुनलाईट डान्स धरान) का साथै स्थानिय प्रतिभाहरुको प्रस्तुती रहनेछ । डिसेम्बर २४ तारिक बेलुकी ७ बजे हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी सकिएको संयोजक हेमराज अन्छङ्बो लिम्बु बताउँछन्, भन्छन् – “अव त्यो दिनको प्रतिक्षामा छौ ।”

निस्वार्थ सामाजिक भावले आयोजना गरिएको कार्यक्रम साथै नेपाली चर्चित कलाकारहरुको बेजोड प्रस्तुती पनि भएकाले सम्पूर्ण हङ्कङबासी नेपालीहरुको साथ र सहयोग मिल्ने क्लबका अध्यक्ष लोकराज लिम्बुको तर्क छ ।  पाथिभरा क्लब हङ्कङको यो कार्यक्रम दोश्रो संस्करण हो, क्लवले विगतको कार्यक्रमबाट संकलन भएको रकमबाट स्व सुरेन्द्र लिङ्देन स्मृति कोष खडा गरि शिक्षा, स्वास्थ्य, दैवि प्रकोप लगायतमा खर्च गरिरहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…