हंगकंगको सहयोग धरानका कलाकारको परिवारलार्इ

धरान/ गत भाद्र २१ गते उपचारको क्रममा मृत्यु भएका धरानको पुरानो सांगीतिक समूह मिक्स मेलोडीका ड्रमर महेन्द्र राई को श्रीमती तथा छोराको भबिस्यको लागि केहि सहयोग होश भन्ने अभिप्रायले हाल हंगकंगमा बसोबास गर्नुहुने मिक्स मेलोडी ब्यान्डका गायक सन्जिब लामाले आफु र हंगकंगका केहि साथी भाइ मिलि उठाएको रु असि हजार आठ सय रुपैया स्व:महेन्द्र राईकै धरान ११ स्थित निवासमा उनको श्रीमतीलाई हस्तान्तरण गरेका छन् ।

संजिवको उक्त सहयोग अभियानमा हंगकंगमा बसोबास गर्नुहुने एभेंगराज लिम्बु , पर्वत राई , लोके राई , मिलन राई , सोम लिम्बु , सुरज राई , किरण लिम्बु , लोक राज लिम्बु , भिम गुरुङ , डेभिड राई , प्रदिपले सहयोग गर्नु भएको थियो । स्व:महेन्द्र राईको उपचारको क्रममा पनि संजिवले उपचारको लागि सहयोग रकम जुटाएर पठाएका थिए । स्व:महेन्द्र राईको म्र्त्यु बह्येको २ दिनमा नै उनको आमाको समेत म्र्त्यु भएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया